नेपालका प्रधानमन्त्री समक्ष अभिनेता रमित ढुङ्गानाले ज्ञापन पत्र बुझाएका छन् । बुद्ध नेपालमा जन्मिएका यावत प्रसंगलाई ज्ञापन पत्रमा उल्लेख गरिएको छ । रमितले भने- 'सिहंदरबार पुगेर प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको सिनलाई फिल्ममा राखिने छ ।'

सयौं मानिसको जुलुस देखिने उक्त सिनमा प्रधानमन्त्रीलाई नै नभेटेपनि फिल्ममा भेटेर ज्ञापन पत्र बुझाएको देखाईने निर्देशक ज्ञानेन्द्र देउजाले बताए । 'सिंहदरवार घेरे देखिको सिनलाई फिल्ममा राखिनेछ,' निर्देशक देउजाले भने, 'यो फिल्मको क्लाइमेक्स दृश्य हो ।' अहिले बुद्ध भारतमा जन्मेको भन्ने गलत समाचा फैलिरहेका बेला यो फिल्मले बुद्ध नेपालमा जन्मेको प्रमाणित गर्ने उनको भनाई छ ।
पहिलो फिल्म माया नमारबाट निर्माता एवं अभिनेताको परिचय बनाएका रमित ढुङ्गाना अहिले दोस्रो प्रोजेक्ट 'बुद्ध बर्न इन नेपाल' निर्माणमा व्यस्त छन् । रमितले सिद्धार्थ गौतम वुद्ध बारे फिल्म निर्माण गर्दैछन् । डेढ महिना अघि बुद्धको जन्मस्थल लुम्बिनीबाट छायाँकन प्रारम्भ गरिएको फिल्म हाल छायाँकनको अन्तिम चरणमा छ । नेपाल पछि निर्माण युनिट छायाँकनको लागी अमेरिका प्रस्थान गर्नेछ ।

सगारिका फिल्म प्रोडक्सन (युएसए)को प्रस्तुती रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गर्दैछन् । निर्माता एवम् अभिनेता ढुङ्गाना सहित अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, जीवन कुमार पौडेल, रामेश्वर बुर्लाकोटी, मनिता लामा, अशिष्मा नकर्मी, ममता प्रधान लगायत हाल फिल्मको सटमा व्यस्त छन् । दिर्घ गुरुङ फिल्मका छायाँकार हुन् । रमित आफैले फिल्मको स्क्रिप्ट लेखेका हुन् भने सुरेश अधिकारीको संगीत रहेको छ ।
 copy.jpg)

