Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

मौन : पात्र हैन कथा बोल्छ

फिल्मीखबर, काठमाण्डौ, 2013/09/11

बोल्न नसक्ने पात्रको प्रेम कस्तो होला ? उनीहरूले आफ्नो प्रेमलाई कसरी व्यक्त गर्छन् ? उनीहरूको प्रेम मनोविज्ञान कस्तो होला ? यि सबै प्रश्नको उत्तर असोज ११ गतेपछि 'मौन' फिल्मले दिनेछ ।

 

पहिलो पटक मौन पात्रको भुमिका निर्वाह गरेकी अभिनेत्री नम्रता श्रेष्ठले बुधबार सञ्चारकर्मीमाझ बोल्दै भनिन्- 'बोल्न नसक्ने र सुन्न नसक्ने मानिसको प्रेम जीवन कस्तो होला भन्ने कुरामा म आफैं जिज्ञासु थिएँ । जब फिल्ममा म आफै बोल्न नसक्ने पात्र भएर प्रेम गरें तब बुझ्ने मौका पाएँ । अब हामीले फिल्मको माध्यमबाट दर्शकलाई बुझाउने प्रयास गरेका छौं ।'

 

यता फिल्मको कथा समेत आफैले लेखेका अर्का मौन पात्र अर्पण थापाले मौन साईलेन्स फिल्म नरहेको तर्क सार्दै भने- 'फिल्मका दुई जना मुख्य पात्र नबोले पनि कथा बोल्छ ।' रिलमा नम्रतासँग मौन प्रेम गरेका अर्पणले फिल्ममा पात्रहरूको पिडा धेरै रहेकाले 'लाउड साईलेन्स' उपमा दिईएको बताउँदै आफ्नो फिल्म कुनैपनि बिदेशी फिल्मबाट प्रभावित नभएको बताए ।


निर्देशक सुरज भुषालले शब्दमा प्रयोग हुँदै आएको प्रेमकथालाई आफूले मौन रूपमा प्रस्तुत गरेर दर्शकलाई नयाँ स्वाद दिन खोजेको बताए । 'नेपाली फिल्ममा यो एउटा नयाँ प्रयोग पनि हो,' सुरजले भने- 'दर्शकको रूचीलाई ध्यानमा नै राखेर फिल्म बनाएका छौं ।' निर्माता नबिन गौलीले पनि दर्शकलाई 'अन्डरस्टिमेट' नगरी फिल्म बनाएकाको तर्क अघि सारे । उनले मल्टिप्लेक्स र सिङ्गल दुबै थिएटरका दर्शकले फिल्मलाई रूचाउने दाबी समेत गरे ।