सरकारी च्यानल नेपाल टेलिभिजनले फिल्म सम्बन्धि समाचार प्रसारण गर्न शुरू गरेको छ । आज (भदौ २५ गते) देखि समाचार प्रसारणको शुरुवात भएको हो ।
प्रत्येक दिनको बिहान र साँझ ७ बजेको बुलेटीनमा दुई मिनेट फिल्म सम्बन्धी समाचार प्रसारण हुनेछ । सञ्चारकर्मी राजन घिमिरेले समाचार संकलन गर्नेछन् । विगत ९ वर्ष देखि टेलिभिजनमा फिल्म कार्यक्रम 'क्ल्याप बोर्ड' निर्माण, एवम् सञ्चालन गर्दै आएका घिमिरे भन्छन्- 'फिल्म क्षेत्रमा हुने हरेक सामाग्रीलाई समाचारमा समावेश गर्ने प्रयास गर्नेछौं ।'
नेपाल टेलिभिजनमा फिल्मी समाचारको प्रसारणलाई निरञ्तरता दिइने उनले बताए । डच मिडिया प्रालीको पहलमा नेपाल टेलिभिजनमा फिल्मी समाचार प्रसारण गर्न लागिएको हो । टिभी फिल्मी बाहेकका अन्य राष्ट्रिय टिभी च्यानलले बिशेष फिल्मी कार्यक्रम बाहेक मुख्य समाचारमा फिल्म सम्बन्धी समाचार प्रसारण गर्ने गरेका छैनन् ।

