
सगरमाथाको टुप्पो चुमेकी नायिका निशा अधिकारीलाई शुक्रबार त्रिभुवन विमान स्थलमा कलाकार संघ सहित फिल्मकर्मीहरूले स्वागत गरे । उनलाई स्वागत गर्न कलाकार संघका अध्यक्ष नवल खड्का सहितको टिम विमानस्थल पुगेको थियो ।

‘जनक्रान्तिलाई लालसलाम’, ‘त्यो सुनील कार्की भन्ने मान्छे माओबादी हो’, मिला प्रोडक्सनको ब्यानरमा बनेको फिल्म ‘उमा’को प्रोमोमा यस्तै कुरालाई बढि हाईलाईट गरिएको छ । प्रोमोमा यस्ता शब्दहरु सुन्दा कतिलाई यसले फिल्म शायद यसभन्दा अगाडी बनेका ‘दशवर्षे जनयुद्धकालका विभिन्न फिल्महरु जस्तै छ होला’ भन्ने भान पर्न सक्छ । र, त्यस्तो पर्नु स्वभाविकै पनि हो ।

डिभिडीको मार्केट खस्किरहेको अवस्थामा अनलाईन मार्केटको बजार भने विस्तारिंदै गएको छ । दि स्काई मुभिज डट कम र इन्टरटेननेपाल डट कमले यसअघि नै नेपाली फिल्मको अनलाईन सेलिङ शुरू गरेका छन् । फिल्मको अनलाईन सेलिङमा अर्को वेभसाईट पनि थपिएको छ ।

कुशल अभिनेताको रूपमा चिनिने भूपेन चन्दलाई दर्शकहरूले 'कात्तिक' फिल्ममा शिर्ष भुमिकामा देख्न पाउने भएका छन् । भुपेनसँगै फिल्ममा अनु शाह, आकाश मगर र सुरविना कार्कीको पनि मुख्य भुमिका रहने छ ।

यहि मे महिनाको २६ देखि ३१ तारिखसम्म श्रीलंकाको कोलम्बोमा हुन लागेको सार्क फिल्म फेस्टिभलमा नेपालको तर्फबाट २ सर्ट फिल्म र २ फिचर फिल्मले सहभागिता जनाउँदैछन् ।

चर्चित हाँस्य टेलिफिल्म 'तितो सत्य'मा अभिनेता दीपकराज गिरी र अभिनेत्री दीपाश्री निरौलाको छोरो बनेर अभिनय गरेका कलाकार राज आचार्यले नायकको रूपमा 'लभ फरेभर' मार्फत डेब्यू गरेका छन् ।

