Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 4.20/5.00)
Text size:-
+
-

राष्ट्रपति निवास सम्म पुग्यो अश्लिलताको गन्ध !

फिल्मीखबर, काठमाण्डौ, 2013/09/11

पछिल्लो समय नेपाली फिल्ममा देखिएको अश्लिलताको गन्ध राष्ट्रपति निवास सम्म पुगेको छ । राष्ट्रपति रामवरण यादवले वर्तमान फिल्ममा प्रयोग गरिएका छाडा संवाद र दृश्य माथि गहिरो चिन्ता व्यक्त गरेका छन् । विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैतासँग राष्ट्रपतिले उक्त चिन्ता व्यक्त गरेका हुन् ।

 

हिजो साँझ राष्ट्रिय चलचित्र पुरस्कारको सम्बन्धमा कुरा गर्न अध्यक्ष मोरवैताको साथमा वोर्ड सदस्य निलहरी काफ्ले राष्ट्रपति निवासमा पुगेका थिए । 'फिल्म सम्बन्धी मात्रै हैन, विभिन्न अवसरमा गरिने कलाकारको नृत्य पनि सभ्य खालको हुनुपर्नेमा राष्ट्रपतिले जोड दिनुभयो', अध्यक्ष मोरवैताले फिल्मीखबर समक्ष भने- 'केही समय अघि कलाकार संघले गरेको कार्यक्रममा कलाकारले प्रस्तुत गरेको त्यस्तै खालको नृत्यबाट राष्ट्रपति ज्यू असन्तुष्ट हुनु भएको रहेछ ।'

 

चलचित्र विकास वोर्डले गर्ने राष्ट्रिय चलचित्र पुरस्कार सभ्य हुने विश्वस्त पारेपछि राष्ट्रपति पुरस्कार वितरण समारोहमा उपस्थित हुन राजी भएका छन् । अध्यक्ष मोरवैताका अनुसार दशैंको छेको पारेर राष्ट्रपति निवासमा फिल्मकर्मीलाई रामवरणले पुरस्कार बाँड्नेछन् । वोर्ड अध्यक्ष मोरवैता भन्छन्- 'राष्ट्रपति निवासमा रात्री भोज सहितको सभ्य कार्यक्रम हुनेछ ।' वोर्ड प्रतिनिधि, राष्ट्रपति र राष्ट्रपतिका प्रेस सल्लाहाकार राजेन्द्र दाहालका बिच राष्ट्रिय चलचित्र पुरस्कार राष्ट्रपतिकै हातबाट वितरण गरिने सहमती भएको छ ।

 

राष्ट्रपतिले समय नदिएका कारण बोर्ड अध्यक्ष मोरवैताले कार्तिकमा पुरस्कार बाँड्ने बताएका थिए । 'राष्ट्रपतिले समय दिने भएपछि पुरस्कारको मिति अघि सारिने छ,' मोरवैताले भने । वर्ष ०६७, ०६८ र ०६९ मा प्रदर्शनमा आएका फिल्म र फिल्मसँग सम्बन्धित व्यक्तित्वलाई राष्ट्रपतिले पुरस्कार दिने छन् । राष्ट्रिय चलचित्र पुरस्कारको जुरी सदस्यमा सञ्चारकर्मी प्रकाश सुवेदी, शान्ति प्रिय, तपोनाथ शुक्ला, निर्देशक शैलेश आचार्य छन् ।