पोखरालाई आकाशबाट हेर्नुको मज्जा कस्तो हुन्छ ? पक्कै पनि निकै मज्जाको अनुभव हुन्छ । कलाकार हरिवंश आचार्यले पोखरालाई आकाशबाट अवलोकन गरेर त्यसको मज्जा लुटे ।
आकाशमा कावा खाँदै पोखरालाई हेर्न पाउँदा कस्तो अनुभव भयो त हरिवंशलाई ? ‘प्रकृत पोखरालाई आकाशबाट हेर्दा स्वर्गको कल्पना गरेँ’, पुतली जहाजमा उडेर पोखरा परिक्रमा गरिसकेपछि हरिवंशको प्रतिक्रिया यस्तो थियो ।
हरिवंश सहित उनकी पत्नि रमिलाले पनि हावामा कावा खाँदै पोखरालाई हेरेर भरपुर आनन्द लिईन् । हरिवंश दम्पत्तीले पुतली जहाजको उडान निकै रमाईलो भएको बताए । हरिवंशको जीवनकथा ‘चिना हराएको मान्छे’को अँग्रेजी सँस्करणको तयारी भैरहँदा पोखराको एउटा कार्यक्रममा सहभागि हुन आएका उनलाई पोखरा अल्ट्रालाईट प्रालिले आकाशबाट पोखरा हेर्ने मौका जुराईदिएको थियो ।
.jpg)
पोखराको आकाशमा हरिवंश जोडीलाई विशेष अतिथिको रुपमा शयर गराईएको पोखरा अल्ट्रालाईट प्रालिका पोमनारायण श्रेष्ठले बताए । दक्षिण एशियामै पोखरा अल्ट्रालाईट उडानको लागि प्रख्यात छ । एभिया क्लबले पनि अल्ट्रालाईटको उडान भर्दै आएको छ ।
.jpg)
व्यवसायीहरुले दिएको जानकारी अनुसार पोखराको आकाशमा वर्षेनी १० हजार भन्दा बढि मानिसहरुले पुतली जहाजमा चढेर हावामा कावा खाँदै पोखराको सुन्दरतालाई नियाल्छन् । एड्भेन्चर पर्यटनको केन्द्र हुँदै गएको पोखरालाई आकाशबाट हेर्नका लागि विशेषगरि प्याराग्लाईडिङ र पुतली जहाजको प्रयोग हुँदै आएको छ ।

तस्वीर सौजन्य : पोखरा अल्ट्रालाईट प्रालि

