Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(10 votes, avg 4.90/5.00)
Text size:-
+
-

होस्टेल निर्देशकलाई नम्रताको `ग्रिन सिग्नल`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/11

होस्टेल फिल्मबाट डेब्यू गरेका निर्देशक हेमराज बिसी नयाँ प्रोजेक्टको तयारीमा छन् । नाम गोप्य राखिएको हेमराजले निर्देशन गर्ने नयाँ प्रोजेक्टलाई रेड रोज कम्पनीले निर्माण गर्नेछ ।

 


निर्देशक बिसीकै लेखन रहेको उक्त फिल्मको अहिले प्रि-प्रोडक्सनको काम भईरहेको छ । बुधबार लाजिम्पाट स्थित एटिक बारमा भेटिएका निर्देशक बिसीले फिल्मका कास्ट एण्ड क्रु सार्वजनिक गर्न चाहेनन् । तर उनले अभिनेत्री नम्रता श्रेष्ठसँगको एक चरण वार्ता भने गरे । 'उहाँ पोजेटिभ हुनुहुन्छ,' हेमले भने । यता नम्रताले पनि फिल्मको कथाबस्तु मन परेको बताउँदै समय मिलेसम्म काम गर्ने जानकारी दिईन् । 'म पोजेटिभ नै छु, समय मिलेसम्म काम गर्ने पक्षमा छु,' नम्रताले भनिन् ।

 

 

तिहार पछि सुटिङ शुरू गर्ने बताईएको सोसल ड्रामा शैलीको थ्रीलर फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्नेछन् । चुनावको माहोल बनेको खण्डमा सुटिङ डेट भने पोस्टपोण्ड हुने सम्भावना रहेको निर्माता न्यौपानेले फिल्मीखबरलाई जानकारी गराए । यसअघि लेलिन बन्जाडेको स्क्रिप्टमा फिल्म बनाउन लागेका निर्माता न्यौपानेले निर्देशक सुरेश दर्पण पोखरेलले समय निकाल्न नसकेपछि उक्त स्क्रिप्ट तत्कालका लागि रोकेर नयाँ स्क्रिप्टमा काम शुरू गरेको बताए ।