
यहि जेठ २४ गते 'सुपारी' नामक फिल्म रिलिज हुने भएको छ । प्रचारप्रसारमा सुस्त देखिएको यो फिल्मसँगै नेपथ्य र दृष्टिकोण पनि रिलिज हुनेछ ।

'अनलाईन फिल्मीखबर अवार्ड (ओफा) २०७०' को अगाडी मिन्स्क थपिएको छ । यानकी मिन्स्क लक्जरी ओफाको मुख्य प्रायोजकको रूपमा आएको छ । बुधबार फिल्मीखबर मिडिया अध्यक्ष सुमन गैरे र सन्नी डिस्टिलरीको तर्फबाट सन्तोषराज केसीले अवार्डको टाईटल स्पन्सरका लागि सहमती पत्रमा हस्ताक्षर गरे ।

सुटिङ शुरु भएको २० दिनमा नेपाली फिल्म मिस्टेकको टोलीले सुटिङ प्याकअप गरेको छ । सोमबार फिल्म युनिटले क्लोजिङ सट दिएर फिल्मको सुटिङलाई टुंगाएका थिए । निर्मल सेञ्चुरी, हर्षिका श्रेष्ठ र सुशान्त कार्की लिड रोल रहेको यो फिल्मलाई ऋषीराज आचार्यले निर्देशन गरेका हुन् ।

गत जेष्ठ १८ देखी २० सम्म सुन्दर नगरी धरानमा सम्पन्न दोस्रो 'राष्ट्रिय चलचित्र महोत्सव २०७०'को बारेमा हिजोआज आउने गरेको न्युजमा नेपाली सेनाको नाम जोडीएको भन्दै सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीले घोर आपती जनाउदै आफ्ना कुनै पनि मातहतका सैनिकहरुले गल्ती नगरेको दाबी गरेको छ ।

अभिनेता दयाहाङ राईको तीन दिनको काम थाती राखेर निर्माता छबि ओझाले आफ्नो पछिल्लो फिल्म 'लोफर'को सुटिङ सकिएको जानकारी गराए । गत बैशाख २३ गतेका दिन गोदावरीबाट सुटिङ शुरू गरिएको यो फिल्मको आज मंगलबार प्याकअप गरीएको हो ।


