
नेपाली फिल्म उधोगको बारेमा फिल्महरू बन्ने क्रम बढ्दै गएको छ । हाल सुटिङमा रहेको फिल्म 'कलिउड' र प्रि-प्रोडक्सनमा नै अड्केको फिल्म 'हिरोईन' ले नेपाली फिल्म उधोगको यथार्थ चित्रण गर्नेछ भने यहि सेरोफेरोमा रहेर अर्को फिल्म 'स्टार' पनि बन्ने भएको छ ।

बालकृष्ण समको पहिलो एकाङ्की नाटकमा आधारित फिल्म 'बोक्सी' को च्यारिटी शो आगामी कार्तिक २ गते नेपालगञ्जको वागेश्वरी चलचित्र भवनमा गरिने भएको छ ।

राष्ट्रिय स्तरको फिल्म वर्कशपको उद्घाटन गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ईच्छा देखाएका छन् । गत बर्षको अन्र्तराष्ट्रिय वर्कशपलाई पनि उद्घाटन गरेका उनले यो पटक हुने राष्ट्रिय स्तरको वर्कशपमा आर्थिक सहयोग सहित उद्घाटनमा ईच्छा देखाएका हुन् ।

मसलेसार फिल्मको भिडमा स्वादिलो मसलाको सहि प्रयोग गरेर निर्माण गरिएको भनिएको 'भेटी' कार्तिक १७ गते देशभर एकसाथ प्रदर्शनमा आउनेछ ।

आफ्नो संस्थाका अन्य पदाधिकारीलाई खबरै नगरी चलचित्र निर्माता संघ र चलचित्र संघका महासचिव हल तथा बजार बजार अनुगमनमा निस्किएका छन् ।

बिहेका लागि करिब तयारीमा जुटेका महानायक राजेश हमालले यसपटकको अमेरिका भ्रमणमा गर्लफ्रेण्डलाई पनि संगै लैजाने संकेत मिलेको छ ।