
नेपाली फिल्मको एक हप्ते व्यापार किराना पसलको भन्दा न्यून देखिएको छ । गत साता अल नेपाल प्रदर्शनमा आएको फिल्म दुई मुटु एक धड्कन र काठमाण्डौका पर्दामा मात्रै रिलिज भएको माई ब्रदरको व्यापारिक रिपोर्ट निराशको देखिएको हो ।

चलचित्र विकास वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता हल वर्गीकरण नीति लागु गराउन मोफसल निस्केका छन् । अध्यक्ष मोरवैताले आजबाट विरगञ्ज र धनुषा जिल्लाको यात्रा सुरु गरेका हुन् । यी दुई जिल्लामा करिब दुई दर्जन हल छन् ।

अभिनेत्री नन्दिता केसीले यौन आवश्यकता अस्वभाविक लाग्ने भन्दै आफ्नो पहिलो सेक्स श्रीमान प्रति समर्पित रहने भनाई सार्वजनिक गरेकी छिन् । उमेर अनुसार सेक्सुअल निडको कुरा आउँछ नि ? भन्ने साप्ताहिक पत्रिकाको जिज्ञासामा अविवाहित नन्दिताले भनेकी छिन्- मलाई त त्यस्तो भएन । यस्तो कुरा मलाई सानैदेखी अस्वभाविक लाग्थ्यो ।'

सर्ट फिल्म 'मलामी'को निर्माणसँगै निर्देशकको परिचय बनाएका सुवर्ण थापाले गत बर्ष दर्शकमाझ फिचर फिल्म 'सुनगाभा' लिएर आए । समलिंगीको कथालाई पर्दामा उतारेका सुवर्णले पुन: अर्को सर्ट फिल्म बनाएका छन् ।

सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्देशनमा निर्माण हुने फिल्म एउटा साथीमा आदित्य नारायण झाले स्वर भर्ने भएका छन् । उदित पुत्रको स्वर डविङ गर्न फिल्म निर्माता शोभित बस्नेत आउने साता मुम्बई जाँदैछन् ।

फिल्म 'छ एकान छ'मा खलपात्रको भुमिका निर्वाह गरेका अभिनेता राजवल्लभ कोइरालाले आफ्नो सुट सकाएका छन् । कवि हिरो बल्लभ एक सातासम्म फिल्मको सुटिङमा व्यस्त रहे । नेपालका हस्ती कमेडियनको बाहुल्यता रहेको 'छ एकान छ'को सम्पूर्ण सुटिङ भने यही महिनाको अन्त्यमा सम्पन्न हुनेछ ।

