
डेढ दशकको रंगपत्रकारिता यात्राको पछिल्लो दौरानमा लिईएका अर्न्तवार्तालाई किताब बनाएर जर्नलिष्ट अश्विनी कोईरालाले 'उनी' बजारमा ल्याएका छन् ।

प्रधानमन्त्री बाबुराम भट्टराई एवं एकिकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को पावर लगाउदै चलचित्र बिकास बोर्डको अध्यक्ष हुने कसरत गरिरहेकी अभिनेत्री रेखा थापालाई स्वयम प्रचण्ड निकट फिल्कर्मीले बोर्ड जान नदिने भएका छन् ।

माघ २६को देशब्यापी रिलिज टार्गेट राख्दै मेरो भ्यालेन्टाईनको फष्टलुक पोष्टर रिलिज गरिएको छ । निशा अधिकारी, बाबु बोगटी, स्वतन्त्र प्रताप शाह तथा सुस्मिता ढकाल लिड काष्ट उक्त फिल्मको आज प्रेस मिट गर्दै फष्टलुक रिलिज गरिएको हो ।

फिल्म भिसा गर्लको प्रदर्शन एक साता पर सरेको छ ।

यूरोपका दुई दर्जन बढी मुलुकमा नेपाली फिल्मको ब्यवस्थित शोको तयारीमा अहिले अशोक शर्मा जुटेका छन् । डिसिएनका महाप्रबन्धक अशोकले यो तयारी भने डिसिएन टिम भन्दा बाहिर रहेर गर्न लागेका हुन् ।

हुन त यहाँ नम्बर वान भन्न रुचाउने फिल्ममेकरले पनि बजार खोज्न छाडेर बजेट घटाउदै फिल्म बनाईरहेका छन् जसकारण उद्योग यहि कारणले कतै धाराशायी त हुने हैन भन्ने पनि एक किसिमको आशंका पनि छ ।