ब्याडमिन्टन खेल स्तर वृद्धिका लागी यही असोज १५ गते प्रज्ञा भवनमा एकल साँझको आयोजना गर्न लागेका निकै पूराना गायक, निर्माता तथा निर्देशक किरण प्रधान पुन: नेपाली फिल्ममा कमव्याक हुने रहर रहेको बताएका छन् ।
बिहिबार फिल्मीखबरसँगको कफि गफमा किरणले आफ्नै पारिवारिक बाध्यताले गर्दा फिल्म निर्माण तथा निर्देशनलाई निरन्तरता दिन नसकेको बताउँदै अब आफू फ्री भएकाले फिल्ममा कमव्याक हुने सोच बनाएको बताए । बि.सं. ०३६/३७ सालमा रहरले भिडियो फिल्म 'प्रयास' निर्देशन गरेका किरणले निर्देशन गरेको सेलुलोइड फिल्म 'कस्तुरी' हो ।
कस्तुरी फिल्म मार्फत बिदेशम पहिलो पटक सुटिङ गर्ने निर्देशकको ट्याग पाएका किरणले ०४६ सालमा निर्देशन गरेको फिल्म 'कस्तुरी'लाई लण्डनमा छायाँकन गरिएको थियो । पहिलो पटक बिदेशमा नेपाली फिल्मको सुटिङ गरेका किरणले बाबुको देहान्त पश्चात फिल्ममा फर्कन नसकेको बताए ।
किरणले भुल हो तेरो भागी हिड्ने, बिर्सनु भन्दा सम्झना पो बल्झने जस्तो, मेरो टोपी कैलाशको शिर जस्तो, पत्थरको मुटु बोकेर, भञ्ज्याङको डिलमा बसी, बेहुलाले बेहुली पाएको जस्ता गीत गाएका छन् । आफ्नो परिचय नै यहि क्षेत्रले दिलाएको भन्दै किरणले सास रहुञ्जेल यो क्षेत्र नछोड्ने बताए ।
कस्तुरी फिल्मकै 'बेहुलाले बेहुली पाएको' बोलको गीतले आफूलाई पार्श्व गायनमा चिनाउन ठूलो भुमिका खेलेको बताउने किरणले फिल्मीखबरसँग गरेको वार्तालाप सुन्न तलको भिडियोमा क्लिक गर्नुहोला !

