Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19309 - 19314 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-03, शनिवार

झण्डै एक बर्ष अगाडी नायिका कल्पना शाहीसँग बिबाह गरेका नायक मुकेश आचार्यले पहिलो पटक फिल्मीखबर मार्फत लुकाएको आफ्नो सम्बन्धलाई खोलेका छन् । शनिबार कल्पना अभिनित फिल्म 'ग्याम्बलर'को बिशेष शोमा जोडी बाँधिएर आएका मुकेशले बिबाह गरेको रहस्य खोलेका हुन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-03, शनिवार

अभिनेता आर्यन सिग्देल र अभिनेत्री बेनिशा हमाल शनिबार बिहान बाग्मती नदीको सफाई गरे ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-03, शनिवार

वर्तमान देशको राजनैतिक अवस्थालाई चित्रण गरेर 'संरक्षण' नामक फिल्म बन्ने भएको छ । ०६२/६३ सालको जन आन्दोलन पछिको नेपालको अवस्थालाई फिल्ममा उतार्ने जमर्को पुर्नेन्दु कुमार झाले गर्दैछन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-03, शनिवार

आउँदो भाद्र २८ गते रिलिज हुन लागेको फिल्म 'राजनीति' युनिटले पब्लिसिटीमा राम्रै राहत मिल्ने आश गरेको छ । अभिनेता राजेश हमाल र अभिनेत्री तथा गायिका कोमल ओली मंसिर ४ गते हुने भनिएको संविधान सभाको चुनावमा उठ्ने हल्लाले फिल्मको पब्लिसिटीलाई सहयोग पुर्‍याउनेमा युनिट आशावादी छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-03, शनिवार

आफूलाई नेपाली सोनु निगम भन्न रूचाउने चर्चित नेपाली गायक प्रमोद खरेल अहिले निकै दंग छन् । भारतिय गायक निगमले आफ्नो प्रशंशा गरिदिएपछि गायक खरेल दंग परेका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-02, शुक्रवार

दुबै मृगौलाले काम नगरेको अवस्थामा रहेका बरिष्ठ निर्देशक शिब रेग्मीको स्वास्थ्य अवस्था चिन्ताजनक अवस्थामा छ । निर्देशक रेग्मीका निकट मित्र तथा निर्माता केशब भट्टराईका अनुसार स्वास्थ्य अवस्था गम्भिर भएपछि ओम हस्पिटलको आईसियू कक्षमा भर्ना गरिएको छ ।
 

Results : 19309 - 19314 of 24010