
र्यालीमा महोत्सबमा भाग लिन आएका नायिकाहरुको उपस्थती थिएन भने मदनकृष्ण श्रेष्ठ, हरिवंस आचार्य, जीवन लुइँटेल, राजबल्लव कोइराला लगायतका कलाकारहरुलाई रिक्सामा राखेर नगर परिक्रमा गराईएको थियो ।

सुन्दर नगरी धरानमा आज बरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले उदघाटन गरेको ३ दिने चलचित्र महोत्सबको औपचारीक उदघाटन हुनु पूर्व कार्यक्रममा स्थलमा नै कलाकारहरुले रिहर्सल गर्नु परेको छ । शंकर बिसी र कविराज गहतराजको कोरीयोग्राफीमा १ दर्जन जती नायक नायिकाहरुले सो कार्यक्रममा प्रस्तुती दिंदैछन् ।



'विश्व सुर्तिजन्य पदार्थ निषेध' दिवसको अवसर पारेर यहि फिल्म युनिटले सामाजिक जिम्वेवारी स्वरूप स्कुल तथा कलेजहरूमा लागू पदार्थ तथा धुम्रपान सेवन विरूद्धको जनचेतना अभियान शुरू गरेको छ ।

फेसबुक आइडी चोरी पेज बनाएर सार्वजनिक बेइज्जती गरेको दाबी गर्दै कारबाहीका लागि प्रहरीमा पुगेका 'तीन सुन्दरी' को लफडा प्रहरी दबाबमा सहमतिमा टुंगिएको छ ।

