भिमदत्त फिल्मका निर्देशक हिमग्याम टासी यतिखेर अमेरिकामा छन् । निर्देशक टासीले आफु अंग्रेजी फिल्म निर्माण गृहकार्यको लागी त्यहाँ पुगेको फिल्मीखबरलाई जानकारी गराए ।

ब्यूटीफूल इन्सानीटि नाम दिइएको अंग्रेजी फिल्मका हिमग्याप क्रियटिभ निर्देशक हुन् । फिल्मको करिब ९५ प्रतिशत सुटिङ नेपालमा गरिने उनले जानकारी गराए । बाँकी भाग अमेरिकामा छायाँकन हुनेछ । फिल्मलाई हाना ओभरले निर्देशन गर्नेछन् । निर्माताका रुपमा भने श्री नथ्वनी र क्रिस्टीना गार्नेट रहनेछन् ।
(1).jpg)
फिल्मका केही पात्रहरु नेपालबाट पनि रहने हिपग्यापको जानकारी छ । फिल्म विदेशी पर्यटक र नेपाली सँस्कृतीसँग जोडिएको घटनासँग सम्बन्धित हुनेछ । हिपग्यापले दोस्रो प्रोजेक्ट सिमलको फूल पछि ब्यूटीफूल इन्सानीटिको सुटिङ सुरु हुने जानकारी दिए । सिमलको फूल यही वर्षको अन्त्यबाट फ्लोरमा जानेछ ।

