Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रेखा थापालाई एमाओवादीले पर्साबाट उठाउने

फिल्मीखबर, काठमाण्डौ, 2013/09/20

एमाओवादीले पर्सा क्षेत्र नं. १ बाट अभिनेत्री रेखा थापालाई संविधान सभाको निर्वाचनमा उठाउने भएको छ । आज दिउँसो पार्टी कार्यालय पेरिस डाँडामा बसेको नेतृत्व पङ्तीको बैठकले रेखालाई उठाउने निर्णय गरेको हो । जहाँ अभिनेत्री थापा पनि सहभागी थिइन् ।

 

पेरिस डाँडाको बैठक सकिए लगत्तै अभिनेत्री थापा र अध्यक्ष पुष्पकमल दाहाल घट्टेकुलो स्थित काठमाण्डौ मेडिकल कलेज उद्घाटन गर्न आइपुगेका थिए । फुलपातीमा रेखा अभिनित फिल्म काली देशभरबाट प्रदर्शनमा आउँदैछ । प्रत्यक्ष निर्वाचन लड्ने भएपछि फुलपाती रिलिजको काली प्रचारमा रेखाले कसरी समय दिन्छिन् त ? फिल्मीखबर समक्ष उनले भनिन्- 'म जहाँ जान्छु काली त्यही जान्छे । चुनावीसँगै कालीको प्रचारलाई पनि प्राथमिकता दिनेछु ।'

 

अभिनेत्री थापासँगै अभिनेता भुवन केसी काठमाण्डौ क्षेत्र नम्वर १ बाट एमालेको सिफारिसमा परेका छन् । तर, एमालले सोही क्षेबाट अन्य दुई जनालाई सिफारिस गरेकाले भुवन चुनावमा लड्ने नलड्ने बारे निश्चित भैसकेको छैन । रेखा र भुवनसँगै अर्का फिल्मकर्मी रोज राणा पनि प्यूठान क्षेत्र नम्वर २ बाट नेपाली काङ्ग्रेसको सिफारिसमा परेका छन् ।