Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

स्क्रिप्ट पढेर रोएँ : सुरज सिंह ठकुरी

फिल्मीखबर, काठमाण्डौ, 2013/09/20

'म खासै फिल्म हेर्न र खेल्न रूचाउने मान्छे हैन,' घनिष्ट मित्र आसिफ शाहको फिल्म 'कर्कश' खेलेपश्चात चर्चित भिजे सुरज सिंह ठकुरीले भनेका थिए- 'थुप्रै स्क्रिप्ट रिजेक्ट गर्दा गर्दै अन्तत: कर्कशले मेरो फिल्मी अभिनय क्षेत्रमा पाईला बढाउने काम गर्‍यो ।'


कर्कश फिल्मबाट सोचे अनुरूपको प्रतिक्रिया नपाएका सुरजले फिल्म खेल्ने मुड खासै बनाएका थिएनन् । जब निर्देशक विकास आचार्यसँग सुरजको भेट भयो तब फिल्म प्रति पुन: उनलाई सकारात्मक बनायो । 'विकास दाईले पहिलो भेटमा नै मलाई इम्प्रेस गर्नुभयो,' सुरजले भने- 'विकास दाईले तिमी मेरो फिल्म खेल्दै छौ नि हैन भन्नु भो, उहाँको कन्फिडेन्ट देखेर स्क्रिप्ट सुन्ने निर्णय गरें ।'

 

बिहिबार साँझ फिल्म 'जंगे'को पत्रकार भेटघाट कार्यक्रममा पुगेका सुरजले विकासले निर्माण गर्न लागेको फिल्म 'फेरि नाइ नभन्नु ल' खेल्न राजी हुनुको कारण खोल्दै फिल्मीखबरसँग गफिए- 'फिल्मको स्क्रिप्टले यसरी बाँध्यो कि नाइ भन्नै सकिन ।' उनले रातभरी लगाएर स्क्रिप्ट पढेको बताउँदै भने- 'कति बेला आँशु झर्यो पत्तै भएन । साँच्चिकै स्क्रिप्टले मलाई रूवायो ।'

 

दशैं सकिए लगत्तै सुटिङमा जाने फिल्म 'फेरि नाइ नभन्नु ल'मा सुरज प्रियंका कार्कीको अपोजिटमा प्रस्तुत हुँदैछन् । फिल्ममा सुरज र प्रियंकाका अलावा जीवन लुईटेल, अनुभव रेग्मी, सरोज खनाल, सरिता लामिछाने, सिताराम कट्टेल 'धुर्मुस' लगायतको अभिनय रहने छ । फिल्मका सबै कलाकार भने फाईनल भईनसकेको निर्देशक आचार्यले जानकारी दिए । बसन्त सापकोटा र सुरेश गैरेको संगीत रहने यस फिल्मलाई पुरूषोत्तम प्रधानले खिच्ने छन् ।