
कपडा खोल्ने, अश्लील र उच्छृंखल संवाद डेलीभर गर्ने, बेड तथा किस सिन दिने नेपाली नायिकाको कमी छैन । फिल्म पाउन र सस्तो चर्चा पाउने लोभले विशेषगरी रजतपटका संघर्षशील महिला पात्रहरु दर्शकले जिब्रो टोक्ने र आँखा चिम्लने दृश्य दिन संकोच मान्दैनन् ।

महोत्तरीको वर्दिवासमा रहेको जानकी चलचित्र मन्दिर विहिवार देखि संचालनमा आएको छ । झण्डै ५ महिना लगाएर स्तरन्नोती गरिएको जानकी हल विहिवार देखि संचालनमा आएको हो ।

मलेसियामा आयोजना हुने छैटौं नेफ्टा अवार्डको भोटिङ लाईन खुला गरिएको छ । ३१ विधामा बाँडिने अवार्डमा उत्कृष्ट ५ मनोनितलाई निम्न बमोजिमको कोड टाईप गरी 2722 मा भोट गर्न सकिनेछ ।

बलिउड सुपरस्टार शाहरूख खानले नेपाललाई सम्बोधन गर्दै आफू अभिनित फिल्म 'चेन्नै एक्सप्रेस' हेर्न नेपाली दर्शकलाई आग्रह गरेका छन् । दर्शना आर्टसले नेपालमा वितरण गर्न गर्न लागेको आफ्नो हेर्न नबिर्सन किङ खानले आग्रह गरेको प्रस्तुत भिडियोमा हेर्न सकिन्छ ।

अर्पण थापा र नम्रता श्रेष्ठको चर्को मौन प्रेमलाई असोज ११ (सेप्टेम्वर २७) गते हेर्न पाइने भएको छ । सुरज भुषाल डेव्यु निर्देशित फिल्मलाई नरेन्द्र महर्जनले अल नेपाल वितरण गर्ने छन् ।

अभिनेत्री रेखा थापा र निर्माता छविराज ओझाको प्याचअप भएको छ । हमेशा रिलिज पश्चात रेखा र छवि बिच सुरु भएको खटपट टुङ्गिएको छ ।

