
साँस्कृतिक कार्यक्रमका लागि गत साता मलेसिया पुगेका नायिकाद्धय रिमा विश्वकर्मा र शुष्मा कार्की निकै मस्ती मुडमा देखिएका छन् । फेसबुकका भित्ताहरूमा रिमा र शुष्माले मस्ती गरेको तस्विरहरू सार्वजनिक गरेका हुन् ।

मिस यू पश्चात नायिका नम्रता श्रेष्ठले अभिनय गरेको अर्को रोमान्टिक लाउड साईलेन्स प्रेम कथानक फिल्म 'मौन'को गीत सार्वजनिक गरिएको छ ।

लामो समयको दौडधुपछि फिल्म ढुवानीलाई चलचित्र जाँच पास समितिले पिजी सर्टिफिकेट दिएको छ । चेलिबेटी बेचबिखन कथालाई मुख्य विषय बनाइएको फिल्ममा प्रयोग गरिएका संवादलाई कारण देखाउँदै सेन्सर वोर्डले ढुवानीलाई पिजी सर्टिफिकेट दिएको निर्मात्री कविता श्रेष्ठले फिल्मीखबरलाई जानकारी गराइन् ।

नेपाली फिल्ममा दक्ष नव नायिकाको अभाव पूर्ती गर्न भारतको पश्चिम बङ्गालबाट प्रतिमा रसाईली काठमाण्डौ आइपुगेकी छिन् । दुई दर्जन म्युजिक भिडियो र एक दर्जन भारतीय फिल्ममा अभिनय गरिसकेकी प्रतिमा आफुलाई नेपाली फिचर फिल्मका लागी उपयुक्त पात्र भएको बताउँछिन् ।

बिग मुभिज र एफक्युव मल्टिप्लेक्स हलले बलिउड बादशाहको चेन्नइ एक्सप्रेसलाई रिलिज गर्न राजी भएका भएका छन् । दर्शकको मनोरञ्जन अधिकारलाई कुण्ठित नगर्ने निर्णय गर्दै बिग र एफक्युवले चेन्नइलाई रिलिज गर्ने भएका हुन् ।

बुद्धको उपदेश अहिंसालाई शिर्षक बनाइएको फिल्म 'अहिंसा'लाई पूर्वी शहर देखि पश्चिम गाउँ सम्म देखाइने भएको छ । यही भदौ २० गतेबाट पश्चिम दाङ, सुर्खेत र नेपालगञ्जका शहरमा फिल्मको च्यारिटी गरिने अहिंसाका निर्माता डिक खड्काले फिल्मीखबरलाई जानकारी गराए ।

