
विगत एक दशक देखि एक्वा हन्ड्रेड पानी पिउँदै आएका महानायक राजेश हमालको रोजाईमा अर्को कम्पनीको पानी परेको छ । भनेको समयमा आफ्नै ब्रान्डको पानी पिउन नपाउँदा कतिपय फिल्मको सुटिङ सेटमा ढिला पुग्ने उनी बुधबार विकास पाण्डेको गिती संग्रह 'क्यान वि' को विमोचन समारोहमा भने अर्को पानी पिउँदै थिए ।

पछिल्लो समय बिदेशी फिल्म मेकरहरू नेपाली फिल्म तर्फ आकर्षित हुँदै गईरहेका छन् । कोही निर्माताको रूपमा आएका छन् त कोही निर्देशक अनि कोही कलाकार तथा क्यामेरा म्यान । यहि क्रममा अष्ट्रेलियन नागरिक फिलिप जोनले नेपाली फिल्म 'सुपर गोर्खे' को निर्देशन गर्ने भएका छन् ।

बलिउडमा करियोग्राफीको अनुभव बटुलेका राम प्यासीले निर्देशन गरेको फिल्म 'पद्ममिनी' को अहिले राजधानीको बिजी बि स्टुडियोमा सम्पादन भईरहेको छ । पुष २७ गते रिलिज मिती तय गरिएको सो फिल्मको पोस्ट-प्रोडक्सन कार्यलाई निर्देशक प्यासी र सहायक निर्देशक अमूल शर्माले अगाडी बढाईरहेका छन् ।

नायक उत्तम प्रधानले आफ्नो डेब्यू फिल्म दर्पणछाँयाको माया पुन: पाउने आश व्यक्त गरेका छन् ।

गायक राजेश पायल राईले भिलेन भएर अभिनय गरेको फिल्म 'सि-माला' प्रर्दशनका लागि तयार भएको छ । डेढ बर्षदेखि फ्लोरमा रहेका उक्त फिल्मका निर्देशक रूद्र गुरुङका अनुसार ल्यावका सम्पूर्ण कार्य सकिदै फिल्म प्रदर्शनका लागि तयार भएको हो ।

महेन्द्र बुढाथोकीको निर्देशनमा गत आईतबार देखि सुटिङ सुरु गरिएको स्टार फिल्मको यूनिटका एक सदस्य दुर्घटनामा परेका छन् । आज बिहान सुटिङका लागि गोठाटार जाने क्रममा लाईट म्यान सन्तोष तिमल्सिना बसबाट सडकमा खस्दा टाउको टाँका लगाउने गरी घाईते भएका छन् ।