Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.25/5.00)
Text size:-
+
-

काली भन्दै चिच्याए बिराज (भिडियो हेर्नुस्)

फिल्मीखबर, काठमाण्डौ, 2013/09/29

दशैंमा रेखा भर्सेस रेखा मात्र हैन रेखा भर्सेस बिराज पनि हुनेछ । आगामी असोज २५ गते फुलपातीका दिन अभिनेत्री रेखा थापा आफैले निर्माण गरेको फिल्म 'काली' मार्फत मात्र हैन भोजपुरी र नेपाली भाषामा तयार गरिएको फिल्म 'दामिनी' मार्फत पनि दर्शकलाई मनोरञ्जन दिन हलका पर्दामा झुल्किने छिन् ।

 

यसपालीको दशैं रेखा भर्सेस रेखा मात्र हैन रेखा भर्सेस बिराज पनि हुनेछ । कालीमा मुख्य भुमिका निर्वाह गरेकी रेखा दामिनीमा पनि मुख्य भुमिकामा छिन् । यस्तै रेखाको कालीलाई एक्सन नायक बिराज भट्टले चुनौती दिंदैछन् । कालीलाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् भने दामिनीलाई सानु शाक्य र मनोज नारायणले निर्देशन गरेका हुन् ।

 

छबिराज ओझाले वितरण गर्ने कालीलाई काउन्टर दिन मनोज राठी समुहले दामिनीलाई वितरण गर्न लागेको हो । काली वितरण गर्ने जिम्मा पाएर पनि खोसिएपछि मनोज राठी समुहले रेखाको कालीसँग रेखाकै दामिनी भिडाउन लागेको हो । यस्तै पछिल्लो समय दुस्मनी बनेका रेखा र बिराजको पनि दशैंमा यहि फिल्मबाट व्यवसायिक भिडन्त हुनेछ ।

 

बिराजले दामिनीमा काली भन्दै चिच्याएको प्रोमो हेरौं -