केहि साता देखि 'स्टुपिड मन'को सुटिङ युनिट थाईल्याण्डको फुकेट शहरमा छ । फुकेटका फ्रन्थेप केप, छालोङ बे, नायाङ वीच, काता वीच लगायतका रमणिय स्थानमा फिल्मका चार मुख्य पात्र जीवन लुईटेल, निरज बराल, चाँदनी शर्मा र रिजु श्रेष्ठले आफ्नो अभिनय कला प्रस्तुत गरिरहेका छन् ।
'निकै रमाईलो वातावरणमा सुटिङ भईरहेको छ,' निर्देशक दिवाकर भट्टराईले फिल्मीखबरलाई जानकारी गराउँदै भने- 'थाई नेपाली समाज, थाई एनआरएन सहित थाई सरकारको राम्रो सहयोग पाएकाले सुटिङका खासै समस्या आएको छैन ।' नव नायिकाद्धय चाँदनी र रिजुको कामबाट निकै प्रभावित भएका दिवाकर भन्छन्- 'यि हिरोईनको भविष्य राम्रो देखेको छु ।' अहिलेसम्म ३० % सुटिङ सकिएको जानकारी दिंदै निर्देशक भट्टराईले भने- 'नयाँ नयाँ अनुभवसँगै च्यालेञ्जको महसुश गरिरहेको छु ।'
अभिनेता निरज बराल पहिलो पटक यसै फिल्मबाट निर्माता बन्दैछन् । पहिलो पटक निर्माता बन्दाको अनुभव साट्दै निरज भन्छन्- 'जिम्मेवारी धेरै हुने रहेछ । तर सम्पूर्ण युनिटको सहयोग पाएको हुनाले काम गर्न गार्हो भएको छैन ।' बिदेशमा सुटिङ गर्नु च्यालेञ्जिङ काम भएको बताउँदै निरज थप्छन्- 'मौसमले भने बेला बेला धोका दिएको छ । मौसम खराब हुँदा इनडोर सुटिङ गर्ने गरेका छौं ।'
.jpg)
.jpg)
निरजले थाईल्याण्डमा आफूहरू भन्दा पनि लोकेशन हिरो भएको बताए । 'यो फिल्मको लोकेशन र खिचाईबाट दर्शकले आँखामा शितलता महसुश गर्नु हुनेछ ।' यस्तै निरजले कलाकार देखि प्राबिधिक सबै प्रोफेश्नल भएकाले सुटिङ राम्रो भईरहेको बताए । स्टुपिड मनको बारेमा केहि सञ्चारमाध्यमा मनगणन्ते कुरा बाहिरीएको भन्दै निरजले दु:ख व्यक्त गरे । 'हामीलाई कुनै समस्या भएको छैन,' उनले भने- 'हामी फिल्मलाई लिएर सस्तो प्रचार गर्न चाहँदैनौं ।'
.jpg)
.jpg)
यता अभिनेता जीवन लुईटेलले सबैको काम राम्रो भईरहेको बताए । थाईल्याण्डका शहरहरू आफूलाई निकै मन पर्ने बताउने जीवनले सुटिङ नै उक्त स्थानमा हुँदा निकै रमाईलो भएको बताए । 'सबैको काम राम्रो छ । दर्शकले राम्रो फिल्म हेर्न पाउनु हुनेछ,' जीवनले भने ।
.jpg)
.jpg)
सञ्चारकर्मी सामिप्य तिमल्सिनाले तयार पारेको पटकथा तथा संवादमा जीवन, निरज, चाँदनी र रिजुको साथमा मार्टिन खान, डेङ लिम्बु (थाई नेपाली समाजका अध्यक्ष), मनोज राना (एनआरएनका अध्यक्ष), हेमन्त लामा, तारा राई, गोपाल घिमिरे, शान्ती गुरूङ, गीता थापा, प्रभु गिरी लगायतले अभिनय गर्दैछन् ।
.jpg)
.jpg)
करियोग्राफर कविराज गहतराजले जीवन र निरजसँग दुई हिरोईन चाँदनी र रिजुलाई फुकेटका सुन्दर लोकेशनमा नचाएका छन् भने संजय लामाले ति कलाकारका फुटेजलाई क्यामेरामा कैद गरेका छन् । अर्जुन पोखरेल र करण राज कार्कीको संगीत रहने यो फिल्ममा अष्ट महर्जनको द्धन्दनिर्देशन तथा बुद्धिलाल मगरको प्रोडक्सन डिजाईन छ । फिल्मलाई सुभेच्छा फिल्म्सले निर्माण गर्दैछ ।
.jpg)
.jpg)

