
फिल्मको प्रमुख पात्र नम्रता श्रेष्ठको जन्मदिन पारेर मौन फिल्मको पोष्टर रिलिज गरिएको छ । साइलेन्ट प्रोमो सार्वजनिकको केही दिनमै मौन युनिटले पोष्टर सार्वजनिक गरेको हो ।

सगरमाथाको टुप्पोबाट फर्किएको एक महिना नवित्दै नायिका निशा अधिकारीले फिल्मको सट दिन सुरु गरेकी छिन् । निशाले जेठ ३० गतेदेखी नवल खड्काको फिल्म भिमदत्तबाट क्यामेरा फेस गरेकी हुन् । भिमदत्तमा निशाले अनुसन्धानकर्ताको भुमिका निर्वाह गरिरहेकी छिन् ।

म्युजिकल कमेडी फिल्म कर्कशले शहरका मल्टिप्लेक्स स्टेशनहरुमा उत्साहको ओपनिङ गरेको रिपोर्ट छ । राजधानीका सिभिल मल, गुण, गोपी, पोखरा र धरानको पर्दामा आशिफ शाह निर्देशित कर्कशले दर्शकको बाक्लो साथ छ ।

लामो समयदेखि फिल्म निर्देशन गर्छु भन्दै आएका अभिनेता राजेश हमालले शुक्रबार भने निर्देशनको अनुभव लिए । उनले निर्माणाधिन फिल्म 'सारङ्क'को शुभमुहुर्त कार्यक्रममा 'एक्सन एन्ड कट' भनेका हुन् ।

सुन्दरी नायिका नम्रता श्रेष्ठ आज (जेठ ३१ गते) को मितिमा धरानमा जन्मिएकी हुन् । नम्रताका प्रायः व्यक्तिगत देखी व्यवसायिक प्रसंगहरु मिडियामा सार्वजनिक छन् । यद्यपी फिल्मीखबरले उनको २७ औ जन्मदिनको अवसरमा पारेर तीन गोप्य प्रसंगहरुलाई सार्वजनिक गरेको छ ।

चर्चित पार्श्व संगीतकार सुरेश अधिकारीले श्रष्टाको श्रृजना प्रकाशन प्रसारण गरेबापत रोयल्टी तिर्नु पर्ने बताएका छन् । बिहिबार हेटौंडामा संगीत रोयल्टी संकलन समाजले आयोजना गरेको अर्न्तक्रिया कार्यक्रम्मा बोल्दै समाजका अध्यक्ष समेत रहेका अधिकारीले सञ्चारमाध्यमहरूले यस्तो नियम अपनाउनु पर्ने बताएका हुन् ।

