
अभिनेता अर्पण थापाको स्क्रिप्ट माथि मुखौता (मास्क) नामक फिल्म निर्माण हुने भएको छ । अभिनेता थापा र प्रतिक गुरुङको स्क्रिप्ट माथि बन्ने फिल्मका मुख्य कास्ट एण्ड क्रु गोप्य राखिएको छ ।

नेपालको पश्चिम क्षेत्रका बाढी प्रभावितको सहयोगार्थ शाहरुख खान स्टार फिल्म चेन्नइ एक्सप्रेसको च्यारिटी शो गरिएको छ । नेपाल वितरण कम्पनी दर्शना आर्टस्ले हिजो (साउन २९ गते) साँझ ७ बजे कमलपोखरी स्थित बिग सिनेमा हलमा चेन्नइको च्यारिटी गरेको हो ।

भाद्र तेस्रो साताबाट फ्लोरमा जान लागेको फिल्म नोभेम्बर रेनको लागि लोकेसन हन्ट गर्न धरान आएको टोली लोकेसन फाइनल गरेर काठमाडौँ फर्किएको छ । फिल्मको झन्डै ६० प्रतिशत छायांकन धरान आसपास क्षेत्रमा हुने भएको छ ।

अभिनेता विराज भट्टका शुभ चिन्तकलाई खुसीको खबर । विराजले नेपाली फिचर फिल्ममा पुनरागमन गर्ने भएका छन् । केही वर्ष देखी भोजपुरी फिल्ममा व्यस्त विराजले निर्भय नामक नेपाली फिचर फिल्म खेल्ने सहमती गरेका छन् ।

पैसाको पछाडी भागदौड गर्ने तीन युवाहरूको कथालाई बुनेर निर्माण गरिएको फिल्म 'डफर्स'को अफिसियल प्रोमो सार्वजनिक गरिएको छ ।

असोजको तेस्रो साता रिलिज लक्ष्य राखिएको फिल्म वारलाई चलचित्र जाँच पास समितिले पीजी सर्टिफिकेट प्रदान गरेको छ । वारमा देखाइएका द्धन्द्धका दृश्यलाई कारण देखाउँदै हिजो (साउन २७) गते जाँच पास समितिले पिजी प्रमाण पत्र दिएको हो ।

