
गत मंगलबार दश दिने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको कलाकार संघको निर्वाचन मण्डलीले निर्वाचनमा उठ्ने सम्पूर्ण उम्मेदबारको नामावली सार्वजनिक गरेको छ ।

गत भाद्र २२ गते नेपालमा रिलिज भएको फिल्म 'फेसबुक' लाई अष्ट्रेलियाको सिड्नी शहरमा रिलिज गरिंदै छ । फिल्मको बिशेष रिलिजमा सहभागी हुन निर्माता सुनिल कुमार थापा र नायिका झरना थापा शुक्रबार अष्ट्रेलिया पुगिसकेका छन् ।

दशैंको अवसर पारेर हाईटेक इन्टरटेन्मेण्टले आईतवारबाट फिल्म 'सायद' को डिभिडीलाई बजारमा ल्याउदै छ ।

गएको बर्षको मंसिरमा हलिउड प्रोजेक्ट 'हाईवे टु धम्पुस' मा अनुबन्ध भएका राजबल्लभ कोईरालाले थप दुई फिल्म पाएका छन् । फेसबुक फ्यान पेज मार्फत आईतबार बिहान उनले आफू थप दुई फिल्ममा ब्यस्त हुन लागेको जानकारी दिएका हुन् ।

कलेज लाईफ, माया प्रिती, अवैध सम्बन्ध, लागुऔषध दुर्व्यसनी र बाबुआमाको धनमाथि हुने रँजाई । यस्तै धेरै कारणले टिनएजर्स पुस्ताहरु बिग्रिरहेका छन् । यस्तै खराब क्रियाकलापले गर्दा समाज र घरपरिवारसंग पनि टिनएजर्सहरुको सम्बन्ध राम्रो भैरहेको छैन । समाजमा यस्ता धेरै घरपरिवारहरु छन् जो आफ्ना टिनएजर्स बालबच्चालाई सम्हाल्न नसकेर आजित बनेका छन् ।

नक्सा पास नभएको तर भवन भएको सुन्धाराको काठमाण्डौं मलमा बन्न लागेको काठमाण्डौं सिनेमा हल नबन्ने भएको छ । काठमाण्डौं मलको छैटौं तल्लामा निर्माण गर्ने लागिएको 'काठमाण्डौं सिनेमा हल' मलको नक्सा पास नभएका कारण नबन्ने भएको हो ।