Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 3.50/5.00)
Text size:-
+
-

मौन व्यापार : निर्माण युनिट भन्छ- `दर्शक बढ्छन्`

फिल्मीखबर, काठमाण्डौ, 2013/09/29

शुक्रबारबाट प्रदर्शन थालेको चर्को 'मौन' फिल्मले देशका मल्टीप्लेक्स शहरमा निराशा भन्दा माथिको व्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । फिल्म युनिटले दिएको जानकारी अनुसार काठमाण्डौ, धरान, पोखरा जस्ता शहरहरुमा मौन हेर्ने दर्शकको भिड लागेको छ भने हेर्ने जतिले राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

 

फिल्मका निर्माता तथा निर्देशक सुरज भूषाल भन्छन्- 'दर्शकको प्रतिक्रिया राम्रो पाएका छौं । हलमा दर्शक बढ्ने अपेक्षा गर्न सकिन्छ ।' फिल्मले शुक्रबार र शनिबार के कति व्यापार गर्यो ? हलबाट हिसाब बुझिनसकेको निर्देशक तथा निर्माता बताउँछन् । भन्छन्- 'दुई दिनमा ३५ लाख नजिकको व्यापार भएको अनुमान छ । यही रफ्तारमा व्यापार गर्ने हो भने फिल्मले आफ्नो लगानी रिकभर गर्छ ।'

 

निर्देशक भूषाल र नवीन गौलीको संयुक्त लगानी रहेको मौन ५५ लाखमा निर्माण गरिएको दाबी छ । फिल्म देशका ६० भन्दा बढी पर्दामा प्रदर्शनरत छ । मौनका मुख्य कलाकार अर्पण थापा र नम्रता श्रेष्ठ हुन् । फिल्ममा उनीहरु बोल्न नसक्ने पात्रको रुपमा देखा परेका छन् । अर्पण र नम्रताले सुटिङ सुरु गर्नु अगाडी साँकेतिक भाषाको कक्षा समेत लिएका थिए । अर्पण र नम्रताको यो फिल्मलाई महत्वका साथ हेरिएको छ ।

 

पछिल्लो समय व्यस्त बनेकी नम्रताको फिल्मी करिअरलाई मौनले वुस्ट गर्ने अपेक्षा गरिएको छ भने अर्पणलाई अभिनयसँगै स्क्रिप्ट राईटरका रुपमा पनि सफलताको आवश्यकता छ । अर्पणले लेखेको स्क्रिप्टमा यसअघि धन्दा फिल्म निर्माण भएको थियो । सुन्तली सुटिङमा रहेका अर्पण तेस्रो स्क्रिप्टमा आफैले फिल्म निर्देशन गर्ने तयारीमा छन् । नम्रता भने अभिनेता आर्यन सिग्देलको फिल्म नोभेम्वर रेनको सुटिङमा व्यस्त छिन् । यी दुईको फिल्मी करिअरलाई मौनले कुन मोडमा ल्याइदिन्छ ? एक हप्ता कुर्नै पर्ला ।