Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19285 - 19290 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-08, बिहिवार

हिन्दी फिल्म वितरण गर्ने कम्पनी एप्पल र गोपीकृष्ण घाटा खाएरै भएपनि प्रतिस्पर्धीलाई हराउने खेलमा लागेका छन् । एप्पल र गोपीको दबाबमा थप दुई मल्टीप्लेक्सले चेन्नई एक्सप्रेसलाई रिलिज नगर्ने संकेत दिएका छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-08, बिहिवार

बाक्लो दार्‍ही जुँगा, घुम्रेको कपाल अनि ज्याङ्गो शरिर, हेर्दै लाग्दो अनुहार तर पर्दाका लागि फिट । ०६२ साल तिर महेन्द्रनगरबाट कलाकार बन्न काठमाण्डौ छोरेका पुष्कर भट्टको परिचय खल अभिनेता हो । हेर्दै भिलेन जस्ता देखिने पुष्कर ७० भन्दा बढि फिल्ममा भिलेनको रूपमा देखिएका छन् ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-07, बुधवार

पहिलो लगानीको फिल्मबाट अभिनेता सुवास थापा सुरक्षित हुन चाहन्छन् । त्यसकारण सुवास आफ्नो प्रोजेक्ट माथि कुनै सम्झौता गर्ने पक्षमा छैनन् । फिल्म घाटा नजाओस् भनेरै सुवासले आफ्नै स्क्रिप्टलाई समेत विश्वास गरेनन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-07, बुधवार

प्रविधिको आधारमा फिल्म बर्गिकरण गरिनु हुन्न भनी सर्वोच्चमा परेको रिट उपर आज (साउन २३ गते) हुने भनिएको बहस स्थगित भएको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-07, बुधवार

नायिका गरिमा पन्त र नन्दिता केसी युरोपमा अलपत्र परेको खबर अनलाईनहरूमा छ्याप्छ्याप्ती भएको छ । उनीहरू खान नपाएको र आयोजकले बेवास्ता गरेको खबर बाहिरिएपछि फिल्मीखबरसँगको सम्पर्कमा नायिकाद्धय पन्त र केसीले आफूहरूलाई केहि नभएको बताउँदै फैलिएको खबरमा कुनै तुक नरहेको बताए ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-07, बुधवार

रेडियो नेपालको समाचार वाचिका एवं गायिका कोमल ओली फिल्म राजनीति मार्फत अभिनयमा होमिएकी छिन् । भदौ २८ गते देशभरबाट प्रदर्शनमा आउने राजनीति फिल्ममा ओलीलाई राजनीतिज्ञको भुमिकामा देख्न पाइनेछ ।

Results : 19285 - 19290 of 24010