
२५ बर्ष फिल्म क्षेत्रमा बिताएर पनि नाच्न कमजोर मानिएका महानायक राजेश हमाललाई आईतवार करियोग्राफर शंकर बिसीले भने नचाए । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीतमा उदित नारायण झा र संजिवनीले स्वर दिएको फिल्म मेरो जीवन साथीको 'सररर बेग मारी बेनीको वस आयो..' बोलको गीतमा शंकरले राजेशलाई सजिलै नचाएका हुन् ।

मंसिर १४ गते हुने चौथो संस्करणको डिजिटल फिल्म अवार्डको सर्वोत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । २६ फिल्म सहभागी भएको यो अवार्डमा ३१ बिधा सहित जुरी अवार्ड, क्रिटिक्स अवार्ड र पब्लिक च्वाईस गरी जम्मा ३४ बिधामा अवार्ड प्रदान गरिने आईतबार एक कार्यक्रम गरी आयोजक छाँयाछवीले जनाएको छ ।

छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत हिजो शनिबार प्रिमियर गरिएको धन्दा फिल्मको ट्रेलरलाई अनलाइन रिलिज गरिएको छ ।

टुका ईन्टरटेन्मेन्टले निर्माण गरेको पहिलो फिल्म मन्जरीको रिलिज डेट फिक्स भएको छ ।

कार्तिक ३ गते राजधानी बाहिर र १० गते राजधानी भित्र रिलिज हुन लागेको फिल्म 'धुँवा यो नशा' को गीत सार्वजनिक गरिएको छ ।

दुई दिने छोटा फिल्महरुको महोत्सव एकादेशमा श्रृखला अन्र्तगत आज पाँच वटा ठूला फिल्महरुको ट्रेलर रिलिज गरिएको छ । अन्डरग्राउन्ड टाकिजको आयोजनामा सुरु भएको उक्त महोत्सवको उद्घाटन सत्रमा पन्ध्र मिनेटको बाँसुल्ली फिल्मको प्रदर्शन संगै पाँच फिल्मको एक्सक्लुसिभ ट्रेलर रिलिज गरिएको हो ।