राप्रपा पार्टीमा प्रवेश गर्छु भन्दै घुर्की देखाएपछि अन्तत: अभिनेता भुवन केसीलाई नेकपा एमालेले आगामी संविधानसभाको चुनावका लागि काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ टिकट उपलब्ध गराएको छ ।
शुरूमा आफ्नो नाम सिफारिस गरेर हटाईए पछि भुवनले राप्रपा पार्टीको सदस्यता लिएको बताईएको थियो । एमालेले थमथमाए पछि भुवनले आफू एमाले पार्टी प्रति इमान्दार रहेको भन्दै अन्य कुनै पार्टीको सदस्यता नलिएको खण्डन गरेका थिए । राप्रपा नेपालले भुवनलाई झापा क्षेत्र नम्बर २ बाट उठाउने तयारी गरेको थियो ।
काठमाण्डौकै रैथाने अभिनेता भुवनले आफ्नो प्रशंशक धेरै रहेकाले जित्ने आश व्यक्त गरे । काठमाण्डौ क्षेत्र नम्बर १मा भुवनसँग कांग्रेसका तर्फबाट प्रकाशमान सिंह र एमाओवादीका तर्फबाट प्रचण्डकी छोरी रेणु दाहालले प्रतिष्पर्धा गर्नेछन् ।

