
अमेरिकामा हुँदा तेल लगाउन हिचकिचाउने अभिनेता रेश मरहठ्ठाले नेपाल आएपछि भने निरन्तर तेल लगाउन थालेका छन् ।

दोस्रो फिल्म फुलस्टपबाट रजतपटमा ओझेल परेकी नायिका बिनिता बराल केही समय देखि भने उत्साहित छिन् । चपली हाइटकी ग्ल्यामर गर्ल उत्साहित किन भइन् त ? फिल्मीखबरको जिज्ञासा मेटाउँदै बिनिता बोलिन्- 'फार्म कन्सट्रक्सनको कार्य तिव्र रुपमा हुँदैछ । तरकारी तथा फलफुलका बोटबिरुवा रोप्ने कार्य जारी छ ।'

नेपाल एकीकरणको यात्रामा कान्तिपुर (काठमाण्डौ) मा जित हासिल गर्न पृथ्वीनारायण शाहले पहिला किर्तिपुर हमला गरेका थिए । किर्तिपुर हमला पछिको वस्तु स्थितिलाई मुख्य विषय बनाईएको फिचर फिल्म 'किर्तिपुर द् लिजेन्ड अफ किर्तिलक्ष्मी'ले पहिलो प्रोमो सार्वजनिक गरेको छ

चलचित्र विकास वोर्ड अन्र्तगतको चलचित्रकर्मी कल्याण कोषले श्रृङ्गार कर्ता (मेकअप म्यान) साम्भा दिनकर पाटिल (शम्भु क्षेत्री) लाई पचास हजार रुपैयाँ उपलब्ध गराएको छ ।

हिजो मंगलबार गोपीकृष्ण मुभिज प्राली, गोपीकृष्ण इन्टरटेनमेन्ट तथा नेपाल चलचित्र विकास कम्पनी लिमिटेडको अध्यक्ष पदबाट राजिनामा दिएका उद्धव पौडल राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । अध्यक्ष पौडेलसँगै गायक तथा म्यूजिक एरेञ्जर संजय श्रेष्ठले पनि राप्रपा नेपालमा प्रवेश गरेका छन् ।

ठूलो पर्दा अर्थात फिल्ममा बिभिन्न चरित्र मार्फत दर्शकलाई मनोरञ्जन दिंदै आएका सौगात मल्ल यसपाली बौलाहा भएका छन् ।

