
नेपाली फिल्म अनलाईनमा राखेर बिक्री गर्ने प्रचलन खासै छैन । केहि व्यक्तिले शुरू गर्ने जमर्को पनि गरे तर स्थायी हुन सकेन । अहिले निर्देशक तथा निर्माता आकाश अधिकारीले यो कदमलाई अगाडी बढाउने कोसिस गरेका छन् ।

हिरोईनको संघर्षको कथा भनिएको 'कलिउड' फिल्मको स्क्रिप्ट अभिनेता राजबल्लभ कोईराला माथि केन्द्रित गरेर बनाईएको रहस्य बाहिरिएको छ । श्रोत अनुसार नेपालमा हिरोईन माथिको संघर्षको कथामा अन्य फिल्म निर्माण भईरहेको एवं बलिउडमा पनि हिरोईन नै केन्द्रित गरेर धेरै फिल्म बनिसकेकाले कलिउड टिमले नयाँ स्वाद दिन आफ्नो फिल्मको स्क्रिप्ट पूर्ण रुपमा उल्टाएको हो ।

आगामी शुक्रबार अर्थात असोज २६ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउने भनिएको फिल्म 'माई ब्रदर' ले राजधानी रिलिज स्थगित गरेको छ । सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरि निर्माण युनिटले फिल्म यहि शुक्रबारबाट राजधानी बाहिरका हलमा मात्र लाग्ने जानकारी गरायो ।

गत बर्षको ब्लकबस्टर फिल्म 'चपली हाईट' कि नायिका बिनिता बराल आजबाट २४ औं बसन्तमा पुगिन् । आज आफ्नो बर्थ डे भए पनि उनले सेलिब्रेटका लागि कुनै योजना बनाएकी छैनन् ।

प्रसंग हो पचास बर्ष पछीको नेपाल देखिने गरी सुटिङ भईरहेको फिल्म नोटबुकको जसको बजेट स्टोरीले निर्देशक निर्माताको पानी बाराबारको अवस्था सृजना भएको छ ।

मच्छिन्द्र क्लबको आयोजनामा सम्पन्न भएको प्रथम नेवाः फिल्म फेस्टिभल ने.सं. ११३२ को समापन भएको अवसरमा नेवाः जागरण संकिपा चलचित्र समितिले नेपाल भाषाको फिल्म क्षेत्रका विविध पक्षलाई लिएर एउटा अर्न्तक्रिया कार्यक्रम गरेको छ ।