Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

४९ सेकेन्डमा देखिएको `वनफूल`को एउटा जीवन

फिल्मीखबर, काठमाण्डौ, 2013/10/02

वनको पहरा र कन्दरामा फुलेको फूल सुन्दर र स्वच्छन्द हुन्छन् त्यसरी नै गाउँको कुनै कुनामा आफ्नै ज्ञान र शील्पमा रमेको जीवन पनि सुन्दर र स्वच्छन्द हुन्छ भन्ने भाव फिल्म 'वनफूल'ले बोकेको बुधबार सार्वजनिक गरिएको ४९ सेकेन्डको टिजरले देखाएको छ ।

 

फिल्ममा सुविधा सम्पन्न शहरमा बस्ने एक मानिस किन दुःखी हुन्छ ? र, शारिरीक श्रममा व्यस्त हुने ग्रामिण भेगका मानिसले किन सुखको महसुस गर्छन् ? भन्ने भिन्नता देखाउन खोजिएको निर्देशक नवराज बुढाथोकी बताउँछन् । जीवनसाथी फिल्मस र शैली थिएटरको संयुक्त प्रस्तुती वनफूलमा सुनिल पोखरेल, महेश श्रेष्ठ, मञ्जु देवकोटा, मदन बराल, समन्त आचार्य, अशोक शिवाकोटी, वासुदेव खनाल, मञ्जु गिरी, केदार श्रेष्ठ, विभु पौडेल, सुशिला रिमाल लगायतले अभिनय गरेका छन् ।

 

मदन बराल र बीबी बस्नेत निर्माता रहेको वनफूलमा निर्देशक बुढथोकीको पटकथा तथा संवाद, राजिव मानन्धरको छायाँकन, चन्दन दत्तको सम्पादन तथा ग्राफिक्स र महेश पौड्यालको कथा रहेको छ । सामुदायिक विद्यालय कमल प्राविको पुस्तकालय व्यवस्थापन तथा विस्तारको सहयोगार्थका लागि यहि असोज २१ गते राजधानीको रसियन कल्चर सेन्टरमा वनफूलको बिशेष प्रदर्शन गरिंदै छ ।