Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

अन्ततः पर्सा १ बाट रेखालाई टिकट

फिल्मीखबर, काठमाण्डौ, 2013/10/02

अन्ततः अभिनेत्री रेखा थापा आगामी संविधान सभाको चुनावी मैदानमा प्रत्यक्ष लड्ने भएकी छिन् । एकीकृत नेकपा माओवादीले अभिनेत्री थापालाई पर्सा क्षेत्र नम्वर १ बाट प्रत्यक्ष उम्मेरद्वारीको टिकट उपलब्ध गराएको हो ।

 

पेरिस डाँडाबाट चुनावी टिकट लिएर नमस्ते नेपाल कार्यालय आइपुगेकी रेखाले आफु प्रत्यक्ष चुनावमा उठ्ने पुष्टी गरिन् । यही साता भित्र चुनावी क्षेत्रमा जाने समेत उनले बताइन् । फिल्मीखबर समक्ष रेखाले भनिन्- 'चुनावी क्षेत्रमा गएर पार्टीको नीति तथा कार्यक्रम र आफुले गर्न सक्ने काम बारे जनतालाई अवगत गराउँछु ।' काली रेखाले थपिन्- 'मलाई फिल्ममा जसरी दर्शकले माया र साथ दिनुभएको छ, चुनावी मैदानमा पनि साथ र सहयोग दिनुहुन्छ भन्ने आशा राखेको छु ।'

 

फुलपाती रिलिजको फिल्म कालीलाई पनि चुनावसँगै प्रचार गर्ने उनले बताइन् । रेखासँगै एमाले पार्टीले अभिनेता भुवन केसीलाई संविधान सभाको चुनावमा काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ उठाउँदैछ भने निर्माता रमेशजंग रायमाझीलाई काँग्रेसले मोरङ क्षेत्र नम्बर ८ बाट टिकट उपलब्ध गराएको छ । यसअघि अन्यको नाम चर्चामा आएपनि रेखा. भुवन र रमेशजंगले मात्रै आगामी संविधान सभामा फिल्मी क्षेत्रको प्रतिनिधित्व गर्दैछन् ।