
एउटै गृह जिल्ला (मोरङ)का अभिनेत्रीद्धय रेखा थापा र दिपाश्री निर्रौला बिच करिब एक वर्ष जसो बोलचाल भएन । अभिनेत्री थापालाई गत वर्षको गाईजात्रामा दिपा र दिपकराज गिरीले प्रहसनमा पात्र बनाएका थिए । गाईजात्रे व्यङ्ग्यले मन दुखेको भन्दै रेखा दिपासँग चिढिएकी थिइन् । सोही कारण रेखा र दिपाको बोल्ती बन्द भएको थियो ।

झरना बज्राचार्य र निरज बराल अभिनित प्रतिक्षित फिल्म 'सेफ ल्याण्डिङ'को अफिसियल ट्रेलर फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ । लामो समय पछि झरनाको यो फिल्मबाट कमव्याक हुँदैछ ।

अधिकांश फिल्ममा रोमान्टिक हिरो भएर देखिएका अभिनेता भुवन केसीलाई सलोन फिल्मले बिहिबार 'रोमान्स किङ'को उपमा दिएको छ । निर्देशक सोभित बस्नेतले भुवन अधिकांश फिल्ममा रोमान्टिक हिरो भएर दर्शकलाई सफल फिल्म दिएकाले 'रोमान्स किङ'को उपमा दिएको बताए ।

काली अभिनेत्री रेखा थापाले क्ल्याप हानेर सञ्चारकर्मी लक्ष्मण सुवेदीले निर्देशन गर्न लागेको फिल्म 'एउटा साथी'को बिहिबार साँझ मुहुर्त गरियो । यस्तै मुहुर्तमा पहिलो अनुभव लिंदै हाँस्य अभिनेत्री दिपाश्री निरौलाले नरिवल फुटाईन् ।

सम्झना रौनियार उप्रेती निर्देशित फिल्म मेघाको म्यूजिक लञ्च गरिएको छ । थ्रीलर लभ स्टोरी मेघा फिल्ममा ७ गीत समावेश छन् ।

फिल्म, साहित्य र खेलकुदका क्रेजी अभिनेता जीवन लुइटेलले भदौ १ गते सिङ्गापुरमा हुने क्रिकेट खेलमा सहभागी हुन लागेका नेपाली टोलीलाई शुभकामना दिएका छन् ।

