Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

परिवारिक दबाबका कारण ओलीले गराइनन् उम्मेरद्वारी दर्ता

फिल्मीखबर, काठमाण्डौ, 2013/10/03

सञ्चारकर्मी, गायिका एवम् अभिनेत्री कोमल ओलीले आगामी संविधान सभाको निर्वाचनमा उम्मेरद्वारी दर्ता गराइनन् । कमल थापाको राप्रपा पार्टीबाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरिरहेकी कोमलको अन्तिम समयमा आएर उम्मेरद्वारी दर्ता रोकिएको हो ।

 

अन्तिम समयमा आएर कसरी रोकियो त कोमलको उम्मेरद्वारी दर्ता ? फिल्मीखबर समक्ष उनले भनिन्- 'पारिवारिक दबाबका कारण संविधान सभाको प्रत्यक्ष निर्वाचन लड्न पाइन ।' कस्तो दबाब ? राजनीति फिल्मकी अभिनेत्रीले बेलिविस्तार लगाइन्- 'संविधान सभाको चुनावमा लड्ने विषयमा परिवारमा ठुलै छलफल भयो । सञ्चारकर्मी एवम् कलाकार भएर कुनै एउटा पार्टीको मात्रै कार्यकर्ता हुन नहुने अडान आमा बुवा र दाजु भाउजुले लिनुभयो । पार्टीको सदस्यता लिएर संविधान सभाको निर्वाचन गए घरमा भोक हड्तालै गर्ने सम्मको स्थिति आएपछि उम्मेरद्वारी दर्ता गराइन ।'

 

पारिवारिक दबाबकै कारण कोमलले राप्रपाको समानुपातिक तर्फको टिकट पनि लत्याएकी छिन् । अविवाहित कोमलले परिवार विपरित आफु जान नसक्ने बताइन् । मिडिया र कलाकारिताबाट विश्राम लिएपछि मात्रै आफु सक्रिया राजनीतिमा लाग्ने उनले बताइन् ।