Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

`अहिले नै बिहे गर्ने निर्णय लिए दुर्घटना` : केकी अधिकारी

फिल्मीखबर, काठमाण्डौ, 2013/10/03

युवापुस्ताकी ढुकढुकी अभिनेत्री केकी अधिकारीको बिवाह बारे कस्तो धारणा छ ? फिल्मीखबर समक्ष स्वर डेव्यु अभिनेत्रीले बिवाह बारे धरणा र योजनाहरु सार्वजनिक गरेकी छिन् ।

 

बिवाह नेपालको संस्कृति र वायोलजिकल आवश्यकता हो । 'बिवाहले व्यक्तिलाई परिपक्व र सामाजिक हुन सहयोग गर्छ,' केकीको धारणा छ- 'आम युवती जस्तै ममा पनि आफ्नो बिवाह र जीवनसाथीको कल्पना आउँछ । तर, जहिल्यै यही विषयमा सोच्ने भन्ने हुँदैन ।' केकीको कल्पनामा कस्ता-कस्ता राजकुमार आउँछन् त ? उनी सम्झिन्छिन्-, 'मेरो कल्पनामा आउने राजकुमार समान्य हुन्छ । फिल्मको जस्तो हिरो मेरो कल्पनामा छैन ।'

 

केकीलाई सामान्य कुरामा पनि खुसी हुने र दिने युवा मन पर्छन रे ! अभिनय पेशलाई सम्मान गर्ने र न्यानो माया दिने युवा केकीको सम्भावित जीवनसाथी हुन् । जीवनसाथी बारे केकीको डिमान्ड छ- 'मेरो जीवनसाथी सकेसम्म फिल्म क्षेत्र भन्दा बाहिरको हुनुपर्छ ।' केकीले बिहे चाहि कहिले गर्छिन् त ? उनले सुनाइन्- 'बिहे गर्न अझै ५/६ वर्ष कुर्नु पर्ला ।' ढिला भएन र ? प्रश्न सोधियो । 'मेरो बिहे गरेर बस्ने बेला होइन । पढाई सकेर आफ्नो करिअरलाई सेफ ल्यान्ड गरेपछि मात्रै बिहे गर्छु भन्ने योजना हो,' केकीले भनिन् ।

 

आफु सँगैका साथीको बिहे हुँदा आफ्नो बिहे गर्ने बेला भएको जस्तो लाग्दैन ? केकी भन्छिन्- 'त्यस्तो त अवश्य महसुश हुन्छ । तर, अहिले बिहे गर्ने निर्णय लिएँ भने भोली दुर्घटना हुन सक्छ भन्ने कुरामा म कन्सियस छु । त्यसकारण अझै केही वर्ष साथीहरुको बिहे हेरेर चित्त बुझाउँछु ।' बिहे गर्ने बारे पारिवारिक दबाब कत्तिको छ ? केकी भन्छिन्- 'बुवा यही क्षेत्रमा भएकाले उहाँबाट बिहे गर्ने दबाब आएको छैन । तर, साथीहरुको बिहे हुँदा भने आमाले कुरा झिक्नु हुन्छ । म उहाँलाई कन्भिन्स गर्छु ।'

 

केकी आफ्नो पारिवारिक संरचना चाहि कस्तो होस् भन्ने चाहन्छिन् त ? बितेका पलकी हिरोइन भन्छिन्- 'मैले आफ्नो परिवार सानो, सुखी, स्वस्थ र खुसी होस् भन्ने कल्पना गरेकी छु । भोली कस्तो हुन्छ ? त्यो त घरजम गरे पछि नै थाहा होला ।'