Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 4.33/5.00)
Text size:-
+
-

एक हप्तामा कति कमायो मौनले ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/03

गत साता प्रदर्शनमा आएको मौन फिल्मको व्यापार मध्यम रहेको रिपोर्ट प्राप्त भएको छ । मल्टिप्लेक्स केन्द्रित अर्पण थापा र नम्रता श्रेष्ठ अभिनित फिल्मले सोचे अनुरुप व्यापार गर्न बाँकी रहेको फिल्म युनिटले जानकारी दिएको छ ।

 

निर्देशक तथा निर्माता सुरज भूषालका अनुसर मौनले एक हप्तामा लगानीको आधा प्रतिशत व्यापार गर्न सफल भएको छ । नविन गौलीसँगको सहकार्यमा निर्माण भएको मौनले दोस्रो हप्तामा व्यापार बढाउने निर्माता तथा निर्देशक भुषालले आशा व्यक्त गरे । सुरज भन्छन्- 'मौन हेर्ने दर्शकको परिक्षा भर्खरै सकिएको छ । दोस्रो हप्तामा युवा दर्शकको संख्या बढ्ने हाम्रो विश्वास हो ।'

 

मौनमा बहिरा युवाको माया, प्रेम र विछोडको कथालाई महसुश गर्न सकिन्छ । निर्माता तथा निर्देशक भुषालले नेपाल पछि मौन फिल्म हङकङमाम रिलिज हुने जानकारी दिए । 'अन्य देशमा रिलिजको कुरा भैरहेको छ', उनले भने- 'नेपाल र विदेश रिलिजबाट लगानी उठ्ने पक्का छ ।'