Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

फ्राईडे रिलिज : दशैंको व्यस्ततामा पापी रात र एके फोर्टी सेभेन

फिल्मीखबर, काठमाण्डौ, 2013/10/03

दशैंको चहलपहल र व्यस्तताका विच न्यून प्रचारप्रसारमा भोली शुक्रबारबाट दुई नयाँ फिल्म रिलिज हुँदैछन् । दुई फिल्म पापी रात र एके फोर्टी सेभेन देशका सिङल थिएटरमा लाग्नेछन् ।

 

अढाई बर्ष अघि सुटिङ गरिएको फिल्म पापी रातलाई श्याम केसीले निर्देशन गरेका हुन् । सुशिल क्षेत्री, सुमिना घिमिरे, सरोज केसी, रमेश बुढाथोकी लगायतले अभिनय गरेको यो फिल्मलाई जेनिम फिल्मस ब्यानरमा युवराज खत्रीले निर्माण गरेका हुन् । फिल्ममा शिव ढकालको छायाकंमा, आनन्द खत्रीको संगीत साथै गोबिन्द र्राईको नृत्य निर्देशन छ ।




 

युद्धका लागी चलाउने हतियार एके फोर्टी सेभेनको नामबाट तयार पारिएको फिल्म 'एके फोर्टी सेभेन'लाई ब्रिलिएण्ट बिष्टले निर्देशन गरेका हुन् । विशाल फिल्मसको व्यानरमा निर्माण भएको यो फिल्ममा विशाल बिष्ट, मिलन सापकोटा, बिनि खतिवडा, सुशिल पोखरेल, दिपक क्षेत्री, दिलिप ठकुरी लगायतले अभिनय गरेका छन् । यो फिल्मको पनि तीन बर्ष अगाडी नै सुटिङ गरिएको थियो ।