Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

अन्तराल फिल्मका बस्नेत दम्पतीलाई पुत्र लाभ

फिल्मीखबर, काठमाण्डौ, 2013/10/04

बधाई ! नेपाली फिचर फिल्म अन्तरालका निर्माता र निर्देशकलाई पुत्र लाभ भएको छ । निर्देशक दिपा बस्नेतले असोज १७ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान हस्पिटलमा २ केजी ६ सय ग्रामको छोरालाई जन्म दिएकी छन् ।

 

निर्देशक बस्नेतका पति जीवनसाथी बस्नेतले दिएको जानकारी अनुसार असोज १७ गते साँझ सामान्य प्रक्रियामै दिपाले छोरालाई जन्म दिएकी हुन् । डक्टरले ३ दिनसम्म अस्पतालमा आराम गर्ने सल्लाह दिएको उनले जानकारी दिए । पाँच वर्ष अघि दिपा र जीवनसाथीको लभ अरेञ्ज म्यारिज भएको थियो ।

 

फिल्म कलेजकी विद्यार्थी दिपा र थिएटर पृष्ठभुमी भएका जीवनसाथीले राजधानीमा जीवनसाथी फिल्मस् प्रोडक्सन हाउस सञ्चालनमा गर्दै आएका छन् । यही प्रोडक्सन हाउस मार्फत अन्तराल फिल्म निर्माण भएको थियो । जुन फिल्मलाई दर्शक र समिक्षकले रुचाएका थिए ।

 

 

अन्तराल पछि दिपा अहिले दोस्रो फिल्म निर्देशनको तयारीमा छिन् । जीवनसाथीले बैशाख देखि दिपा निर्देशनमा सक्रिय हुने जानकारी दिएका छन् । फिल्मीखबर परिवार निर्देशक दिपा र निर्माता जीवनसाथी बस्नेतलाई पुत्र लाभको बधाई दिन चाहन्छ ।