Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशा अधिकारी रजतपटमा ५ वर्ष : मिसन पैसादेखि सगरमाथासम्म

फिल्मीखबर, काठमाण्डौ, 2013/10/04

अभिनेत्री निशा अधिकारीलाई जन्मदिनको शुभकामना ! गुगल सर्च गर्दा अभिनेत्री अधिकारीले आफ्नो २७ औं जन्मदिन सेलिव्रेट गर्दैछिन् । गुगल वायोग्राफीमा निशाको जन्म १९८६ अक्टोवर ४ उल्लेख छ । हिन्दु पात्रो अनुसार निशाले असोज १८ गते आफ्नो जन्मदिन मनाउँदै आएकी छिन् । निशाको जन्मघर पाल्पा हो ।

 

म्युजिक भिडियो, टेलिफिल्म र भिडियो जकी हुँदै २००९ मा निशाले मिसन पैसा नामक नेपाली फिल्म मार्फत रजतपटमा पाइला चालेकी हुन् । अभिनेता निखिल उप्रेतीसँग फिल्ममा डेव्यु गरेकी निशाले २०१० मा अभिनेता विराज भट्टसँग नैना रेशम नामक फिल्ममा अभिनय गर्ने अवसर पाइन् । २०१० मै निशाले फस्ट लभ फिल्ममा लिड एक्ट्रेस भएर काम गरिन् । नरेन्द्र महर्जन र माधव वाग्ले निर्मित उक्त फिल्म बक्स अफिस सुपरहिट बन्न पुग्यो ।

 

फस्ट लभबाट आफ्नो फिल्मी करिअर वुस्ट गरेकी निशाले वर्ष ७० सम्म दर्जन फिल्ममा अभिनय गरेकी छिन् । निशाले अभिनय गरेका मध्ये अपवाद, मायाज बार, सुनगाभा, पल जस्ता फिल्मले बजारमा राम्रै चर्चा पाए । तर, फस्ट लभपछि निशा अभिनित कुनै पनि फिल्मले नेपाल रिलिजबाट लगानी रिकभर गर्न सकेनन् ।

 

एक समय नेपाली नेपाली फिल्म जगतमा नम्वर वान नायिका बन्न सक्ने आङ्कलन गरिएकी अभिनेत्री अधिकारी पछिल्लो समय भने आलोचित बन्न पुगिन् । मिडियाकर्मीसँगको विवाद, निर्माता निर्देशक प्रति देखाउने रवाफले गर्दा निशा जसरी फिल्म क्षेत्रमा चल्नु पर्ने हो त्यसरी चल्न नसकिरहेको फिल्मकर्मीको विश्लेषण छ ।

 

सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल निशाले केही समय अघि मात्रै भिमदत्त नामक फिल्ममा अभिनय गरिन् । मेरो भ्यालेन्टाइन, भिमदत्त र मिसन पैसा रिलोडेड बाहेक निशा अभिनित अन्य फिल्म प्रदर्शनको पर्खाइमा छैनन् ।

 

गौरी मल्ल, तृप्ती नाडकर र राजेश हमाल जस्ता कलाकारको प्रसंशक रहेकी निशाको आगामी फिल्मी करिअर कुन स्थानमा रहन्छ ? नेपाली फिल्म क्षेत्रमा निशाको दमदार उपस्थिति रहोस्, अभिनेत्री अधिकारीलाई शुभकामना !