
'नम्रताको रुप बारे मैले बोली राख्नु पर्दैन । ऊ असाध्यै मेहनती मान्छे हो । मलाई उसका हरेक पक्ष राम्रा लाग्छन् । अभिनयमा नम्रताले सुधार गर्दै गएको पाएको छु । उसमा मैले सुधार गर्नुपर्ने पक्ष खासै देखेको छैन,' नम्रता बारे सौगातले संक्षिप्त बयान गरे ।

भाइको उच्च शिक्षाको लागी मुम्बईमा रहेकी अभिनेत्री निरुता सिंह केही दिनमै राजधानी भित्रिदै छिन् । अभिनेत्री सिंह मलेसियामा हुने नेफ्टा अवार्डमा लागी कम्मर मर्काउन काठमाण्डौ आउन लागेकी हुन् ।

शान्ति नगर स्थित निःसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहमा रहेका ४२ जना वृद्धवृद्धालाई फिल्म ढुवानी युनिटले भोजन गराएको छ । निर्मात्री कविता श्रेष्ठ, निर्देशक पिताम्वर पाण्डे, कलाकार किशोर खतिवडा, प्रविण खतिवडा लगायतको ढुवानी युनिट त्यहाँ पुगेको थियो ।

फिल्मी फिल्मको बजार खस्किरहेको बेला डिभिडी व्यवसायीले पनि आफ्नो मार्केट खस्किरहेको बताउँदै आएका छन् । बिगतमा १० लाख रूपैंया भन्दा बढिका बिक्री हुने एउटा फिल्म अहिले डिभिडी व्यसायीले ३ लाख रूपैंया दिन हिच्किचाउँछन् ।

'सस्तो प्रचार र मनोरञ्जनको लागी मात्र म फिल्म बनाउँदिन । फिल्म भनेको समाजको ऐना हो । यसले सिङ्गो समाजलाई सुसुचित गर्नुपर्छ', आउने शुक्रबार रिलिज हुने फिल्म ग्याम्वलरलाई लिएर निर्देशक रमेश बुढाथोकीले प्रतिक्रिया दिए ।

बिगत चार वर्ष देखी विभिन्न मुलुकमा साँस्कृतिक कार्यक्रम सञ्चालन गर्दै आएको NEPO Precords INC.संस्थाले सञ्चालनमा ल्याइएको www.entertainnepal.com नामक वेभ साइट बारे राजधानीमा एक छलफल कार्यक्रम चलाइएको छ ।

