सामाजिक अपराधको कथा बोकेको फिल्म 'हँसिया'को पहिलो अफिसियल ट्रेलर फिल्मीखबर डट कम मार्फत सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमोले यसै फिल्मबाट डेब्यू गरेकी मोडल हेमा श्रेष्ठलाई एक्सन अभिनेत्रीको रूपमा चिनाउने छनक देखाएको छ । प्रोमो सार्वजनिकसँगै दर्शकले 'हँसिया'लाई प्रतिक्षित फिल्मको लिस्टमा समेत राख्ने देखिन्छ ।
फिल्ममा सिआईबी अफिसरको भुमिकामा प्रस्तुत भएकी हेमाले ८ महिनाको एक्सन ट्रेनिङ गरेर मात्र फिल्मको सुटिङ ज्वाईन गरेकी थिईन् । मार्सल आर्टको खेलाडी हेमालाई एक्सन सिकाएका राजकुमार उप्रेतीले नै फिल्ममा द्धन्दनिर्देशन गरेका छन् । चाम्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको यस फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् ।
सुटिङ सकिए लगत्तै प्रोमो रिलिज गरेका निर्देशक चाम्सले हेमालाई मात्र हाईलाईट गरेका छन् । फिल्ममा राजेश हमाल, अनुप बिक्रम शाही, बिशाल ढुंगाना, आलोक कार्की, बिजय कुँवर, किरण राई, शिशिर राणाको साथमा बालकलाकार प्रशंशा शाहको समेत अभिनय रहेको छ । दुर्गा घलेको प्रस्तुतीमा सोम श्रेष्ठ र जितेन्द्र चेम्जोङको पनि लगानी रहेको यस फिल्मलाई राजकुमार केसीले खिचेका हुन् ।

