Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

सुमिनाको उत्तेजक फिल्म हेर्न १६ पुग्नु पर्ने

फिल्मीखबर, काठमाण्डौ, 2013/10/07

सेक्सी डायल र गर्मागरम दृश्य युक्त फिल्म 'स्टार'लाई चावाहिल स्थित नेपाल चलचित्र विकास वोर्डको भवनमा फिल्म हेरेर चलचित्र जाँच पास समितिले एडल्ट सर्टिफिकेट दिएको छ ।

 

उत्तेजक दृश्य, द्धअर्थी संवाद, महिलालाई गाली गलौज गरिएका शब्द र नायिकाले भित्री वस्त्र देखिने गरी लगाएको पोशाकलाई आधार बनाउँदै सेन्सर वोर्डका सदस्यले 'स्टार' फिल्मलाई १६ वर्ष भन्दा मुनिका केटाकेटीले हेर्न नमिल्ने प्रमाण पत्र दिएको कार्यकारी निर्माता लक्ष्मण सुवेदीले जानकारी दिए ।

 

फिल्मको केहि दृश्य काँटछाँट गर्नु पर्ने र केहि संवादमा 'म्यूट' हाल्नु पर्ने आदेश दिएको भन्दै फिल्मको क्लाइमेक्सन सिन हेरेर सेन्सर वोर्डका सदस्य भावुक बनेको निर्माता सुवेदीको कथन छ । गालीगलौज गरीएका शब्दलाई म्यूट गरिने उनले बताए ।

 

महेन्द्र बुढाथोकी निर्देशित फिल्म रजतपटमा स्टार हुन चाहना राख्ने नायिकाको जीवन यात्रासँग सम्बन्धीत छ । सुमिना घिमिरे फिल्मकी मुख्य पात्र हुन् । साथमा निरज बराल, श्याम घिमिरे, रमेश बुढाथोकी, गणेश उप्रेती लगायतको अभिनयलाई स्टारमा देख्न सकिन्छ । स्टारले कार्तिक १ गते अल नेपाल रिलिजको अवसर पाएको छ ।