
अभिनेत्रीबाट नेतृ हुने दौडमा रहेकी रेखा थापाको परिचयमा समाजसेवी पनि थपिएको छ । अभिनेत्री थापाले विगत दुई वर्ष देखि सञ्चालनमा ल्याएको सोच परिवर्तन नेपाल (TFC) नामक गैर सरकारी संस्था बारे जन्मदिनमा मुख खोलेकी छिन् ।

राजनीतिका प्रमुख पात्र अभिनेता राजेश हमालले फिल्म बारे भने- 'फिल्म समय सान्दर्भिक छ । देश नै राजनीतिक अस्थिरतामा रहेको बेला राजनीतिक विषयमा फिल्म बन्नु कुनै नौलो विषय होइन ।'

अभिनेत्री रेखा थापाले आज (भाद्र ५ गते) आफ्नो जन्मदिन मनाउँदै छिन् । छविराज ओझाको फिल्म हिरो देखि प्रदर्शनको क्रममा रहेको फिल्म काली सम्म आउँदा रेखाको चर्चाले कमी पाएको छैन । डेढ सय बढि फिल्ममा अभिनय गरी सकेकी रेखा एक दशक अगाडी देखि नम्बर वान अभिनेत्रीको यात्रामा स्थिर छिन् ।

अरूणिमाको जन्मदिन सेलिब्रेसनमा मुख्य आकर्षण उनी सहित सञ्चिता र ऋचाका सन्तान मुख्य आकर्षण बने ।

भारतिय च्यानलमा प्रसारण हुने करिब आधा दर्जन टेलिश्रृङ्खलमा देखिने अभिनेत्री उषा पौडेल डेढ महिना अघि देखि काठमाण्डौमा छिन् । सिनामंगल घरमा बस्दै आएकी उषा यही शुक्रबार मुम्बइ ब्याक हुँदैछिन् ।

अभिनेता राजबल्लभ कोईराला निर्माता रहेको फिल्म 'राघव'को सुटिङ सकिएको छ ।

