Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सुदर्शन र पूजाको हल्ला चलेछ !

फिल्मीखबर, काठमाण्डौ, 2013/10/07

हट गर्ल सुष्मा कार्कीसँग व्रेकअप भैसके पछि केही समय खाली भएका निर्देशक सुदर्शन थापा फेरी अफयेरमा रहेको हल्ला छ । प्रायः आफुसँग अफयेरमा रहेका युवतीलाई हिरोइन बनाउन मन पराउने निर्देशक थापा आजभोलि पूजा शर्मासँग अफेयरमा रहेको बताईन्छ जो उनैले निर्देशन गरेको फिल्म ‘मधुमास’की हिरोइन हुन् ।

 

यसअघि अफयेरमा रहेकी सुष्मालाई ‘मेरो एउटा साथी छ’मा सहायक भुमिकामा अभिनय गराएका सुदर्शनले ‘के यो माया हो’ मा मुख्य नायिका नै बनाएका थिए । तर फिल्म जस्तै उनीहरुको सम्बन्ध पनि फ्लप रह्यो । उनीहरुको सम्बन्ध टिक्न सकेन । सुष्मासँगको व्रेकअपपछि खाली हात रहेका सुदर्शन थापाको हात अहिले मधुमासकी हिरोइन पूजा शर्माले समातेको खबर बजारमा हल्ला छ ।

 

पूजा र सुदर्शनको बिचमा बाबुराम दाहाल

 

दुवैले अफयेरमा रहेको कुरालाई स्विकार गर्न आनाकानी गरेपनि हाउभाउले भने उनीहरु सम्बन्धमा रहेको पुष्टि हुन्छ । हालैका दिनमा एक समारोहमा देखिएका सुदर्शन र पूजाले एउटै फ्रेममा फोटो खिच्न अस्विकार गरेबाट पनि उनीहरुको बिचमा केही पाकिरहेको अनुमान गर्न सकिन्छ । यदि खास सम्बन्ध नहुँदो होत सँगै फोटो खिच्न के को डर ? त्यो के भन्छन् नी ‘नबिराउनु नडराउनु’ । फोटो खिच्नै डराएपछि मानिसको शंकालाई बल पुग्नै नै भयो ।

 

अफयेरको प्रश्नमा दुवै चाहिनेभन्दा ज्यादा डिफेन्सिभ देखिएका छन्, खासमा पनि पूजा । सुदर्शनसँगको अफेयरको कुरा आयो कि पूजा आफूलाई फिल्म उद्योगमा भित्र्याउनेको लामो लिस्ट नै खरर सुनाउँछिन् । अरे मेडम फिल्म इण्डष्ट्रिमा जसले ल्यायो उसैसँग माया बस्छ भन्ने कहाँ हुन्छ र ? माया त जोसँग मन बस्छ उसैसँग हुन्छ नी ! हैन र ?