मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.75/5.00)
Text size:-
+
-

मुम्बईमा खिचिएको नेपाली `कोहिनूर` (फोटोफिचर सहित)

फिल्मीखबर, काठमाण्डौ, 2013/10/07

मुम्बईको शहर अनि त्यहाँको भिडभाड । त्यति सहज थिएन त्यो भिड छिचोल्न । निर्देशक आकाश अधिकारीलाई यस्तै हम्मे हम्मे पर्‍यो मुम्बई शहरमा करिब ३ दर्जन फिल्मकर्मीलाई सम्हाल्न ।


अभिनेता श्रीकृष्ण श्रेष्ठले निर्माण शुरू गरेको फिल्म 'कोहिनूर'को सुटिङका लागि १८ दिनसम्म निर्माण युनिटले मुम्बईमा समय खर्चियो भने निर्माताले पनि राम्रै पैसा खर्चिए । दुई गीत र ३३ प्रतिशत भाग छायाँकन गरि केहि दिन अगाडी मात्र फिल्म 'कोहिनूर' टिम नेपाल फर्केको छ । 'अर्काको देशमा सुटिङ गर्नु सोचे अनुरूपको सहज छैन', मुम्बईमा सुटिङ गर्दाको तनावलाई सम्झदै निर्देशक अधिकारीले भने ।

 

निर्देशक अधिकारीकै कथा रहेको 'कोहिनूर'मा महिला बेचबिखनको सामाजिक कथालाई उठान गरिएको छ । 'फिल्मको कथाले नै मुम्बईको माग गरेकाले हामी त्यहाँ गएका हौं,' निर्देशक अधिकारीले भने- 'सोचे भन्दा राम्रो काम गरेका छौं । दर्शकलाई नयाँ स्वादको फिल्म दिने हाम्रो प्रतिबद्धता छ ।' सांगीतिक फिल्म समेत भनिएको यस फिल्मको श्रीकृष्ण श्रेष्ठ र स्वेता खड्का मुख्य पात्र हुन् ।

 

 

निर्माता समेत रहेका अभिनेता श्रीकृष्ण ब्लकबस्टर फिल्म 'कहाँ भेटिएला' पछि निर्माणमा व्याक भएका हुन् । 'कथाबस्तु देखि प्रस्तुती सबै कुरालाई हामीले निकै मेहनत गरेर राम्रो बनाउने प्रयास गरेका छौं,' कथा मात्र हैन फोटो समेत धेरै सार्वजनिक गर्न नखोजेका श्रीले भने- 'दर्शकले कहाँ भेटिएला पछि अर्को राम्रो फिल्म हेर्न पाउनु हुनेछ ।' नेपाली देखि भारतिय सबै कलाकारको सहयोगले सुटिङ निकै राम्रो भएको उनले सुनाए ।

 

 

नेपा: मुभिजको व्यानरमा निर्माण भएको यस फिल्मको बाँकी सुटिङ दशैं सकिए लगत्तै नेपालमा गरिंदै छ । फिल्ममा श्री र स्वेता सहित मिथिला शर्मा, मुकुन्द श्रेष्ठ, सुनिल कटवाल, सम्राट सापकोटा, रमेश अधिकारी, गोपाल अर्याल, सुरेश अधिकारीको साथमा भारतीय कलाकार दीपजंग राणा, रमेश गोयल, अन्जुम खान लगायतको अभिनय हेर्न सकिनेछ ।

 

 

शम्भुजित बाँस्कोटाको संगीत, राजुविक्रम थापाको छायाँकन, राजेन्द्र खड्गीको द्धन्दनिर्देशन, बसन्त श्रेष्ठको नृत्यनिर्देशन, यम थापा र बिशाल सुब्बाको पटकथा तथा यम थापाको संवाद रहेको यस फिल्मका गीतमा किरण खरेल, डा. कृष्णहरि बराल. सुन्दर श्रेष्ठ तथा आकाश अधिकारीको शब्द रहेको छ । फिल्मका गीतमा भारतिय चर्चित गायकगायिकाले स्वर दिएका छन् ।