Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सकियो ठमेलको कथा

फिल्मीखबर, काठमाण्डौ, 2013/10/07

शहरी युवाको रात्री कालिन जीवन बारेको 'वान वे' फिल्मको सम्पूर्ण छायाँकन सकिएको छ । सुरु गरिको ३६ दिनमा आज सोमबार सुटिङ सम्पन्न भएको निर्माता राजकुमार राईले फिल्मीखबरलाई जानकारी दिए ।

 

 

फिल्मको पूरै छायाँकन काठमाण्डौ भित्र मात्रै गरिएको निर्माता राईले जानकारी दिए । सुटिङ तालिका अनुसार नै सकाउन हामीले ठुलो प्रोडक्सन टिम परिचालन गरेका थियौं,' निर्माता राईले थपे- 'फिल्म हेर्दा आँखालाई गाह्रो नहोस् भन्नेमा हामी सचेत छौं ।' सुरज सुब्बा नाल्बोको कथा एवम् निर्देशन रहेको 'वान वे'को सुटिङ ठमेलका गल्ली केन्द्रित छ ।

 

 

सञ्चारकर्मी डा.प्रदीप भट्टराईले तयार गरेको पटकथामा गायक रविन तामाङ, सिद्धार्थ गुरुङ, प्रकाश ओझा, करिश्मा मानन्धर, माला सुब्बा, दिवाज राई, आकाश बाबु खवास, भानु प्रताप, श्याम राई लगायतको अभिनय छ । तीन वटा क्यामेराका छायाँकार हरी तामाङ, तेज बहादुर राई र मनु हुन् । फिल्ममा रविन तामाङ र डम्वर नेपालीको संगीत छ । निलिमा शर्मा 'वान वे'की फेसन स्टाइलिस हुन् ।

 

 

अहिलेको युवापुस्ता यू टर्न गर्न चाहँदैन भन्ने थिममा रहेर फिल्म निर्माण गरेको निर्देशक सुब्बाले बताए । दशैं लगत्तै फिल्मको वन लाइन काट्न सुरु गर्ने निर्माता राईले बताए । करोड नजिक लगानीको फिल्मको रिलिज डेट भने तोकिएको छैन ।