
असोज ११ गते मौन प्रेमको प्रतिक्षा हुनेछ । फिल्मका मुख्य कलाकार अर्पण थापा र नम्रता श्रेष्ठ हुन् । फिल्ममा यी दुई बोल्न नसक्ने भुमिकामा प्रस्तुत छन् ।

खेलको राजा फुटबलको बिषयमा निर्माण गरिएको फिल्म 'वर्ल्ड कप इन नेपाल'को अडियो तथा भिडियो गीत सहित प्रोमो सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा एक समारोहका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव युवराज लामा र निर्देशक नारायण पुरीले फिल्मको अडियो सार्वजनिक गरे ।

आउँदो असोज २५ गते फुलपातीका दिन रिलिज हुने भनिएको प्रतिक्षित फिल्म 'लोफर' मंसिर २१ गतेका लागि सरेको छ । रेखा थापाले निर्माण गरेको फिल्म 'काली'सँग जुध्ने तयारी गरेको लोफर सर्नुको आफ्नै कारणहरू छन् ।

सुरज सुब्बा नाल्बो निर्देशित फिल्म बितेका पलको अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक नाल्बोले आफ्नो फेसबुक पेज मार्फत उक्त ट्रेलर आउट गरेका हुन् ।

भनिन्छ, नेपाली कलाकारका जर्बजस्त शुभ चिन्तक छैनन् । नेपाली कलाकारले दर्शक माझ त्यो किसिमको छाप छोड्न सकेका छैनन् । तर, यी आरोप राजेश हमाल, करिश्मा मानन्धर, रेखा थापा जस्ता स्टारहरुको हकमा भने लागु नभए जस्तो देखिन्छ ।

सायदः उनीहरुले व्यक्तिगत जीवनलाई त्यती ख्याल गरेनन्, जसकारण उनीहरुको समयमा घरजम हुन सकेन । पर्दामा कयौं पटक बिबाहित भुमिकामा देखिने कलाकारको वास्तविक जीवनमा भने बिहे हुन सकेको छैन । रजतपटमा केही यस्ता कलाकार छन् जो नेपालीको औसत बिहे गर्ने उमेर भन्दा पर पुगिसकेका छन् ।

