Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विनोद प्रधानलाई केले छेक्यो नेपाली फिल्म खिच्न ?

फिल्मीखबर, काठमाण्डौ, 2013/10/22

बलिउडमा टप क्यामेरा म्यान विनोद प्रधान भारतिय मूलका नेपाली नागरिक हुन् । बलिउडमा चलायमान दृश्य खिच्न निकै प्रख्यात विनोदले 'कुसुमे रूमाल', 'लाहुरे', 'सम्झना', 'तृष्णा' जस्ता नेपाली फिल्म खिचेका छन् । बलिउडमै जमेका विनोद त्यसपछि भने नेपाली फिल्ममा फर्केनन् ।

 

नेपाली भुमीमा पाईला टेक्दै मंगलबार राजधानीको कुमारी हलमा आफ्नो फिल्मी अनुभव साट्ने क्रममा विनोदले नेपाली फिल्ममा फर्कन नसक्नुको कारण खोल्दै भने- 'मेरो खिचाई अलि महंगो छ । त्यसैले पनि नेपाली फिल्म मेकरलाई म ठूलो मारमा पार्न चाहन्न ।' बलिउडमै महंगो क्यामेरा म्यानको रूपमा चिनिएका विनोदले नेपाली फिल्म खिच्ने इच्छा भने नमरेको बताए । 'म फ्रीमा काम गर्दिन सक्छु तर म खिचाईमा कम्प्रमाईज गर्न सक्दिन,' दार्जीलिङको कालिङ्पोङका विनोदले भने ।

 

एकादेशमाले आयोजना गरेको उक्त कार्यक्रममा विनोदले नेपाली भुमी पाईला टेक्दा निकै रमाईलो लाग्ने समेत बताए । 'नेपाली क्यामेरा म्यानलाई प्रशिक्षण दिने बारे के सोच्नु भएको छ ?' भन्ने दर्शकदीर्घाबाट आएको प्रश्नमा विनोदले आफू क्यामेरा राम्रो चलाउन सकेपनि राम्रो प्रशिक्षक भने नभएको बताए । उनले भने- 'बरू म सुटिङमा नै बोलाएर प्रयाक्टिकल्ली सिकाउन सक्छु तर शैद्धान्तिक ज्ञान दिनका लागि म राम्रो टिचर हैन ।'

 

आफ्नै पिता एचके प्रधानको प्रेरणाबाट छायाँकन विधामा हात हालेका विनोदले आफू सानै देखि क्यामेराको सौखिन भएकाले पनि आज आएर यो सफलता पाएको बताए । 'मैले मुम्बईमा धेरै संघर्ष गरें,' विनोदले सम्झिए- 'बुवालेम मुम्बई भागेर जाँदा बुवाले कम्तिमा पनि एउटा फिल्म खिचेर आईज भन्नु भएको थियो । तर, मलाई कसैले पत्याएन । घर फर्किएँ अनि भगाएर बिहे गरें ।' छोराछोरी भएपछि मात्र आफूले काम पाएको विनोदले सुनाए ।

 

 

शुरूका समयमा भारतिय ५० रूपैंया पारिश्रमिक बुझेका विनोदले त्यो बेला ब्रुनाईबाट आएको १० हजार तलवको अफरलाई लत्याएर फिल्म क्षेत्रमा नै आफ्नो करियर खोजेको बताए । 'लगनशिलता र मेहनतले मलाई आज यो ठाउँमा पुर्‍याएको छ,' उनले भने । पुनेको फिल्म इन्स्च्युटबाट सिनेमाटोग्राफीको अध्ययन गरेका विनोदले 'परिन्दा' फिल्मलाई आफ्नो ब्रेक मान्छन् । 'परिन्दा' भन्दा अगाडी उनले 'जाने भि दो यारों', 'खामोस', 'अपरूपा', पपोरी, जस्ता फिल्म खिचेका थिए ।

 

मौसम फिल्मबाट डिजिटलमा हात हालेका विनोदले नेपालमा फिल्म खिच्न चर्चित बनेको डिएसएलआर क्यामेरा चलाउन भने डर लाग्ने बताए । 'कहिले काहिं प्रयोग गर्छु तर पूरै फिल्म खिच्ने हिम्मत गर्न सकेको छैन,' क्वालिटीमा कम्प्रमाईज गर्न नचाहने विनोदले आफ्नो भनाई राखे । विनोद चोपडा र राकेश मेहरा जस्ता प्रख्यात निर्देशकबाट धेरै कुरा सिक्न पाएको र उनीहरूले आफूलाई निकै नै सपोर्ट गरेको समेत विनोदले बताए ।

 



 

आफूले काम गरेका फिल्मका केहि क्लिप देखाएर लाईटिङको अनुभव साटेका विनोदले 'देवदास' फिल्म खिच्दाको अनुभव साट्दै भने- 'देवदासको लाईटिङका लागि मुम्बईका करिन सबै लाईट मगाईएको थियो । उक्त लाईट बाल्न ४० जेनेरेटर प्रयोग गरेका थियौं । यो लाईटिङ मेरा लागि निकै च्यालेञ्जिङ पनि थियो ।' 'देवदास'को लाईटिङबाट नै विनोदको करियरलाई बुस्ट गरेको बताईन्छ । विनोदले खिचेको पछिल्लो हिन्दी फिल्म 'भाग मिल्खा भाग' हो ।