
राष्ट्रपतिको हातबाट वितरण गर्ने भनिएको चलचित्र विकास विकास वोर्डले आयोजना गर्ने राष्ट्रिय चलचित्र पुरस्कार सरेर कार्तिक महिनामा पुगेको छ । राष्ट्रिय पुरस्कारको मिति बारे वोर्ड अध्यक्ष धर्मेन्द्र मोरवैता 'पप्पु'ले फिल्मखबर समक्ष मुख खोलेका हुन् ।

गोर्खाली लाहुरेको कथा बोकेको फिल्म 'निशानी' प्रदर्शनका लागि तयार भएको छ । बुधबार राजधानीमा आयोजना गरिएको फिल्मको अडियो विमोचन समारोहमा फिल्म निर्माण युनिटले फिल्म पूर्ण रूपमा रिलिजका लागि तयार भएको जानकारी गराएको हो ।

आज श्रीकृष्ण जन्माष्टमी । द्धापरयुगका भगवान विष्णुका आठौं अवतारको रुपमा कृष्णलाई लिइन्छ । नेपाल लगायत भारतका हिन्दु राज्यमा कृष्ण जन्माष्टमी मनाउने परम्परा छ । विशेषत: महिलाहरु भगवान कृष्णको नाममा व्रत बस्ने गर्दछन् ।

राजेश हमालले फिल्मको लागि कपाल छोट्याएर निकै चर्चामा आएको हाँसियाको सुटिङ एक हप्ताको ब्रेक पछि आजबाट पुन: सुरु भएको छ । ३५ दिनको लगातार सुटिङ पछि ६० प्रतिशत काम सकेको हाँसिया आजबाट फेरि एक महिनाका लागि फ्लोरमा जाँदैछ ।

बजारको व्यापार जे होस्, फिल्म निर्माण हुने क्रम तिव्र छ । घाटा नाफा नहेरी निर्माता लगानी गर्न तयार छन् । युवापुस्ताको प्रेमकथालाई मुख्य प्लट बनाएर सिमलको फूल नामक फिल्म निर्माण हुने भएको छ ।

प्रोमोशनका लागि देश दौडाहामा निस्केको फिल्म 'प्रोड्युसर' युनिटले आज सर्लाहीमा पत्रकार सम्मेलन गरेको छ । युनिटले सर्लाहीको हरिवनमा पत्रकार सम्मेलन गरेर फिल्मको वारेमा जानकारी दिएको हो ।

