
आगामी मंसिर १५ गतेबाट देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म 'मेरो जीवन साथी' को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । फिल्मीखबर मार्फत सार्वजनिक गरिएको सो पोस्टरले सिम्पल लभ स्टोरी फिल्मको संकेत गरेको बुझ्न सकिन्छ ।

यहि कार्तिक २४ गते मोफसल र मंसिर १ गते राजधानीमाबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लंका' को रिलिजको संघारमा आएर एक गीतको सुटिङ गरिएको छ । फिल्मको प्रचारप्रसार गर्ने बेलामा गीतको सुटिङ गर्नु अनौठो पक्कै हो । सुटिङ गर्नुको कारणलाई निर्देशक श्याम भट्टराईले खोलेका छन् ।

भर्खरै सम्पन्न चुनावमा भारी मत ल्याउदै नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा निर्वाचित भएका नवल खड्काले सो पदमा विजयी हुनासाथ नयाँ कामको थालनी गरेका छन् । केन्द्रकित मात्रै भएर काम गर्दै आएको कलाकार संघमा विकेन्द्रीकरणको कन्सेप्ट ल्याउदै संघको शाखा विभिन्न बिकाश क्षेत्रमा समेत गठन गरिएको छ ।

होम प्रोडक्सन फ्राईडे फिल्मस मार्फत 'धन्दा' फिल्म निर्देशन सकेर हाल पोष्ट प्रोडक्सनमा ब्यस्त रहेका थापाले यो ब्यस्तताको बाबजुत आफ्नै कम्पनीबाट म्यूजिक भिडियो निर्देशन अनुभवलाई सार्वजनिक गरेका हुन् ।

विगत केही बर्ष देखि अमेरिकामा रहेका अभिनेता रमेश उप्रेती तिहार मनाउनका लागि नेपाल आउने भएका छन् । हिरो समेत रहेका रमेशका भाई दिवसले दिएको जानकारी अनुसार कात्तिक २७ गते काग तिहारको अघिल्लो दिन उनी नेपाल ल्याण्ड हुने छन् ।

अचानक चलचित्र संघको महासचिव पदमा नरहने निर्णय गर्दै राजिनामा दिएका प्रदीप उदयको यो निर्णयले विभिन्न सम्भावनाहरु देखाएका छन् ।