Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 19189 - 19194 of 24010
फिल्मीखबर, काठमाण्डौ, 2013-08-26, सोमवार

रोचक प्रसंग ! बंगाली फिल्म 'स्वर्णमुद्रा'मा अभिनेत्री झरना थापा रिजेक्ट र शुभेच्छा थापा एसेप्ट भएकी छिन् । रिजेक्ट र एसेप्टको किस्सा शुभेच्छाले फिल्मीखबरलाई सुनाएकी हुन् । थप रोचकता बारे झरनासँग सम्पर्क हुन सकेन ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-26, सोमवार

सार्वजनिक गरिएका हल पोस्टर्समा अभिनेत्री थापालाई हाईलाइट गरिएको छ । फिल्मका अर्का मुख्य पात्र किशोर खतिवडा छायाँमा छन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-26, सोमवार

अभिनेत्री ऋचा घिमिरे र निर्देशक शंकर घिमिरे तुलसी प्रिमियरका लागि क्यानडा उड्ने भएका छन् । पुत्र सहित घिमिरे दम्पती तीजमा दर खान क्यानडा पुग्नेछन् । घिमिरे दम्पतीको पासपोर्टमा क्यानेडियन एम्वेसीले दश वर्षको लागि भिसा स्विकृत गरि सकेको छ ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-25, आईतवार

करिब दुई बर्ष अगाडी निर्माण गरिएको फिल्म 'सुनको बिहानी' नउदाउने भएको छ । झण्डै १० बर्ष पछि फिल्म निर्देशनमा व्याक भएका लक्ष्मीनाथ शर्माले फिल्मीखबरलाई फिल्म रिलिज नहुने सम्भावना रहेको बताएका हुन् ।

फिल्मीखबर, काठमाण्डौ, 2013-08-25, आईतवार

विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समितिले अमेरिकाको लस एन्जेलसमा हुने ८६औं एकेडेमी अवार्डस् (अस्कर अवार्डस्) को विदेशी भाषी फिल्म पुरस्कारका लागि नेपाली फिल्म सुनगाभा पठाउने निर्णय गरेसँगै यो बिषय बिबादमा तानिएको छ । बिबादमा तातिनुको मुख्य कारण नै सुनगाभाका निर्देशक सुवर्ण थापा फ्रान्सेली नागरिक हुनु ।
 

फिल्मीखबर, काठमाण्डौ, 2013-08-25, आईतवार

रजतपटमा साइनो र सम्बन्धले निकै महत्व राख्दछ । यहाँ साइनो लाएर र सम्बन्ध गाँसेर फिल्म लाईनमा भित्रनेको जमात लामै छ । यो जमातमा थोरै सफल र धेरै साइनो र सम्बन्धमै सिमित भएका छन् ।

Results : 19189 - 19194 of 24010