Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हङकङमा करिश्माले मर्काइन् कम्मर : युरोपमा झरनाको झण्डा मोह

फिल्मीखबर, काठमाण्डौ, 2013/10/22

अभिनेत्रीद्धय करिश्मा मानन्धर र झरना थापा यतिबेला देश बाहिर छन् । दशैंको छेको पारेर यी पाका अभिनेत्री साँस्कृतिक कार्यक्रम लिएर हङकङ र युरोप निस्किएका हुन् ।

 

दशैं अगाडी फिल्म 'वान वे'को सुटिङ सकाएकी अभिनेत्री करिश्मा मानन्धरले हङकङस्थित रमाइलो शरद साँझमा नृत्य प्रस्तुत गरेकी छिन् । डेढ दशक पहिले आफैंले अभिनय गरेको फिल्म अल्लारेमा समावेश 'रातो टिका निधारमा टलक्क टल्कियो...' बोलको गीतमा करिश्माले कम्मर मर्काउँदा कार्यक्रम हलमा ताली र सिटीको पर्रा झुटेको थियो ।

 

हङकङ नेपाली महासंघद्धारा आयोजित साँझमा करिश्माले एउटा मात्रै नृत्य प्रस्तुत गरिन् । तर हलमा भरिएका खचाखच दर्शक भने करिश्माको थप नृत्य हेर्न चाहन्थें । हङकङ डान्स ग्रुपका स्थानीय कलाकारले करिश्माले अभिनय गरेका केही फिल्मका गीतमा नृत्य गरेर उनी प्रति सम्मान दर्शाए । करिश्माले स्थानीय कलाकारको सम्मानलाई स्टेजमै पुगेर पालैपालो अंकमाल गर्दै धन्यवाद दिइन् ।

 

करिश्मासँगै हङकङ कार्यक्रममा गायक दिपक लिम्वु पनि यात्रामा निस्किएका छन् । नेपाली फिल्मको पाश्र्व गायनमा व्यस्त रहेका दिपकले 'सिम्पल सिम्पल कान्छीको डिम्पल पर्ने गाला..' गाउँदा दर्शक दिर्घाबाट हुटिङ आएको थियो ।

 

तस्विर : हाम्रो इभेन्ट्स

 

त्यस्तै अभिनेत्री झरना थापाले युरोपको व्रुसेल्स वेल्गुम शहरमा नेपालको झण्डा हातमा लिएर आकर्षक नृत्य प्रस्तुत गरेकी छिन् । युरोप टुरमा निस्किएकी झरना करिब एक महिना जसो युरोपमै रहनेछिन्