Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नेपालमा पनि `रामलीला ` बन्ने !

फिल्मीखबर, काठमाण्डौ, 2013/10/22

दिपिका पादुकोण र रणविर सिंह स्टारर बलिउड फिल्म 'रामलीला' प्रदर्शनको क्रममा छ । धार्मिक विषय माथि केन्द्रित संजय लिला भन्सालीको यस फिल्मको प्रचार सामाग्री दर्शक माझ हिट भैरहेको छ । फिल्मको व्यापार कस्तो हुन्छ ? प्रदर्शनसम्म प्रतिक्षा गर्रौं ।

 

तर, बलिउडको 'रामलीला' प्रदर्शनमा नआउँदै नेपालमा पनि यही नामलाई सापटी लिएर नेपालमा फिल्म निर्माण गर्ने गृहकार्य सुरु भएको छ । बलिउडको 'रामलीला'लाई सापटी लिएर निर्देशक आरवीके शरद केसी फिल्म निर्माणमा जुटेका छन् । निर्देशक शरदले भनेका छन्- 'रामलीला हिन्दु ग्रन्थमा पवित्र मानिन्छ । त्यसैले यही नाममा फिल्म निर्माण गर्न लागेको हुँ ।'

 

'रामलीला' विशुद्ध नेपाली विषयसँग मेल खाने उनको दाबी छ । कलाकार टुङ्गो नलागेको फिल्मको यतिबेला लोकेशन हन्ट भैरहेको छ । निर्देशक तथा निर्माता शरद लोकेशन हन्टका लागी इलाम पुगेका छन् । केही महिना अघि 'सिसा' नामक फिल्मको सुटिङ सकाएको शरदले राजधानी ब्याक भएपछि कलाकार तथा फिल्मको अन्य युनिट फाइनल हुने जानकारी गराए ।

 

आरवीके शरद प्रमुख रहेको फिल्म निर्माण कम्पनी ननस्टप क्रियशनले औपचारिक कार्यक्रमका बिच फिल्म 'सिसा', 'आँचल' र अन्य दुई फिल्म निर्माणको घोषणा गरेको थियो । तर, ती फिल्मको निर्माणलाई थन्क्याएर निर्देशक तथा निर्माता शरद बलिउड फिल्मको सापटीमा 'रामलीला' निर्माण गर्न कस्सिएका छन् । रामलीला निर्माण भएर प्रदर्शनमा आउँला ? नाम सापटी लिएको फिल्म कस्तो बन्ला ?