
नायिका रेजिना उप्रेतीको प्रस्तुतीमा कविता श्रेष्ठले निर्माण गरेको फिल्म 'वरदान' को प्रोमो सार्वजनिक गरिएको छ ।

निर्माता एवं चर्चित कलाकार केशव भट्टराईले सो सिम्पल फल्प भएको तनावमा अमेरिकी डिभी भरेका छन् । डिभी भर्ने अन्तिम दिन हिजो शुक्रबार साँझ करिब ८ बजेको समयमा भट्टराईले तितो सत्यमा अभिनय गर्ने एक कलाकारको साथमा घट्टेकुलो स्थित एक कम्युनीकेशनबाट डिभी फारम भरेका हुन् ।

फिल्मको पब्लिसिटी गर्ने तरिका सबैको आ-आफ्नै हुन्छ । यहि पब्लिसिटीको नयाँ फन्डा स्वरूप फिल्म 'थ्री लभर्स' युनिटले तिहार सकिए लग्गतै खुलामञ्चमा एक भव्य कन्सर्टको आयोजना गर्ने भएको छ ।

असोज १९ गते नेपालमा रिलिज भएको प्रचण्डमान श्रेष्ठ निर्देशित फिल्म 'भिसा गर्ल' लाई भोली आईतवार लण्डनमा प्रिमियर गरिंदै छ । अल्छिलाग्यो डट कमले सो प्रिमियरको आयोजना गरेको हो ।

शो बिजको सवैभन्दा उच्चकोटी क्षेत्र फिल्म नगरीमा क्रिएसनको कमी भयो भने उसको अवसानको दिन छिट्टै आउँछ र यो निश्चित पनि हो । प्रसङ्गको फिल्म भेटीको, निर्देशक किशोर चौधरीको अगामी भबिष्य कस्तो हुने हो त्यो केहि समय पछि थाहा हुन्छ । तर यहि तरिकाले अघि बढेमा उनको फिल्मी करिअर त्यति सहज छैन । किनकी उनीमा क्रियशनको कमी भएको स्वत यो पोष्टरले देखाउँछ ।

युवानिर्देशक दिवाकर भट्टराईले पहिलो पटक निर्देशन गरेको लभस्टोरी फिल्म 'मेरो जीवन साथी' को हल ट्रेलर फिल्मीखबर मार्फत सार्वजनिक गरिएको छ ।