Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

रेखालाई पछ्याउँदै आर्यन : मधुमास प्रचारमा तीतो सत्य

फिल्मीखबर, काठमाण्डौ, 2013/10/22

अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा थापाको सम्बन्ध सुमधुर छैन । यी किस्मत जोडी बिच सम्बन्ध बिग्रिएको लामै समय भैसक्यो । रेखा र आर्यनका नजिक मानिने भन्छन्- 'कस्ले चोर्यो मेरो मन नै यी दुईको अन्तिम फिल्म हो ।'

 

आर्यन भन्दा पनि रेखा सम्बन्ध सुधार्ने पक्षमा छैनन् । जे होस्, समय समयमा यी दुईको वाकयुद्ध भने सुन्न लायककै हुन्छ । रेखा मौका पायो कि आफैंले डेव्यु गराएको हिरोलाई छेडछाड गर्न पछि पर्दिनन् । आर्यन यो मामालामा मौन नै रहन्छन् । वाकयुद्धमा खासै सक्रिय नदेखिएका आर्यन मधुमास रिलिजको क्रममा भने रेखालाई पछ्याउँदै हाँस्य टेलिफिल्म तीतो सत्य खेल्न पुगेका छन् ।

 

 

प्रदर्शनरत काली प्रोमोशनका लागी रेखा मेरी बास्सै खेल्न पुगेकी थिइन् । तीन भागसम्म प्रसारण भएको रेखा अभिनित मेरी बास्सैले कालीको व्यापारमा प्रत्यक्ष प्रभाव पार्यो । हलवाला तथा वितरकका अनुसार कालीले सुपरहिटको व्यापार गरिरहेको छ । दर्शकमा फिल्मको राम्रो प्रभाव पार्न आर्यनले तीतो सत्यको माध्यम रोजेका हुन् ।

 

भर्खरै सपना भण्डारीसँग औंठी साटेका आर्यन आफ्नै पहलले तीतो सत्यमा पुगेका भने होइनन् । तीतो सत्यमा देखिने चाँजोपाँजो मधुमासका निर्माता बाबुराम दाहालले मिलाएका हुन् । नेपाल टेलिभिजनबाट हरेक बिहिबार साँझ ८:४५ बजे प्रसारण हुने दिपकराज गिरी निर्देशित तीतो सत्यमा आर्यनलाई २ भागसम्म देख्न सकिनेछ । सह-निर्देशक तथा कलाकार दिपाश्री निर्रौलाले अभिनेता सिग्देललाई तीतो सत्यमा आर्यन सिग्देलकै रुपमा देख्न पाइने बताइन् ।

 

 

यही बिहिबार प्रसारण हुने भागको नयाँ बानेश्वर हाईटमा छायाँकन गरिएको छ । आर्यनलाई तीतो सत्यमा निर्देशक दिपकराज गिरी, सह-निर्देशक दिपाश्री निर्रौला र कलाकार निर्मल शर्मा 'गैंडा'सँग देख्न सकिनेछ । यही कार्तिक ८ गते देशभर प्रदर्शन हुने सुदर्शन थापा निर्देशित मधुमासलाई तीतो सत्यमा आर्यनले गरेको प्रचार कत्तिको प्रभावकारी हुन्छ ? एक सातापछि त्यसको प्रभाव पक्कै देखिने छ ।